विराटनगर । विराटनगरमा साइकल यात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकल यात्रीलाई कुठपिट गर्ने आयुष भेटुवाललाई पहरीले पक्रमउ गरेको हो ।
घटनामा संलग्न अरु २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
असार २० गते राति साढे ८ बजेतिर विराटनगरको दुधफारमस्थित कोशी राजमार्गमा साईकल चालक पवन साहलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाबाट कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । साहलाई कुटपिट गर्नेमा बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवाल, १८ को कुशल भेटुवाल र जिल्ला तेह्रथुम घर ठेगाना भएका वर्ष ३० का रोशन कार्की रहेका र त्यसमध्ये आयुषलाई २१ गते नै पक्राउ गरि ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले बताएको छ ।
फरार भएका कुशल र रोशनको खोजतलास जिल्ला प्रहरी कार्यालय मोरङबाट भइरहेको पनि नेपाल प्रहरीले जनाएको छ ।
भिडियोमा देखिए अनुसार असार २० गते राति कोशी राजमार्गमा बा १५ च ३४४५ नम्बरको कार गइरहेको दिशामा विपरीत दिशाबाट साह साइकलमा आइरहेका हुन्छन् । कारको अगाडि साइकल आएपछि कार स्लो हुन्छ । साह छेउबाटै साइकलमा अघि बढ्छन् ।
कार साइडमा रोकिन्छ । ढोका खोलेर आयुष बाहिर निस्किन्छन् र कुदेर गएर साइकलमा गइरहेका साहलाई टाउकोमा मुक्काले हान्छन् ।
मुक्का लागेर साह सडकमै ढल्छन् । त्यसपछि आयुष सडकमा यता उता गर्छन् । साहको पछि पछि साइकलमै आइरहेका व्यक्ति यो सबै देखेर अलमल परेको भिडियोमा देख्न सकिन्छ ।
कारबाट निस्केका आयुषका एक जना साथीले साइकललाई साइट लगाउँछन् । आयुषले बेहोश भएर घोप्टो परेका साहलाई दुई खुट्टामा समातेर घिसार्दै साइट लगाएको भिडियोमा देख्न सकिन्छ । कार चालकको सिटमा बसेका व्यक्तिले ढोका खोलेर त्यही उभिइ घटनालाई हेरिरहेको भिडीयोमा प्रष्ट देखिएको छ ।
क्रूरता र अपराधको पराकाष्ठा 😡😡
— 🇳🇵सुशील खड्का🇳🇵 (@fearlesskhadka) July 10, 2023
बिराटनगरको घटना ।।
निज अपराधी तिनै जनालाई हदैसम्मको कडा कारबाही होस ।।। pic.twitter.com/0EMppOmE3r
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: