Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

९६८३ सडक दुर्घटनामा १७८ जनाको मृत्यु, ७ हजार बढी घाइते

खबरडबली संवाददाता

काठमाडाैं ।  काठमाडौं उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ९ हजार ६ सय ८३ सवारी साधन दुर्घटना हुँदा १ सय ७८ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठ मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ९ हजार ६ सय ८३ सवारी दुर्घटना हुँदा १ सय ७८ जनाको मृत्यु भएको हो । 

सोही दुर्घटनामा परी दुई सय ४२ जना गम्भीर घाइते र ७ हजार ३ सय ६३ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर चालक रहेका छन् । चालू आवमा मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट ९३ जनाले ज्यान गुमाएका छन् । यसैगरी पैदलयात्री ५६, साइकलयात्री चार, ट्रक, बस र कार दुर्घटनामा तीन/तीन, माइक्रो तथा टिपरमा दुई/दुई र लोडर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये महिलाका तुलनामा पुरुष बढी छन् । सोही अवधिमा एक सय ३५ पुरुष र ४३ महिलाको दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये आधाभन्दा बढी १७ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । कार्यालयका अनुसार १७ देखि ३५ वर्षसम्मका ९२, ३५ वर्षभन्दा माथि उमेर समूहका ७५ र १६ वर्ष मुनि उमेर समूहका ११ जनाले ज्यान गुमाएका छन् । 

चालकको लापरबाहीबाट ५ हजार ७ सय ७५, तीव्र गतिका कारण दुई हजार आठ सय ३१, मादक पदार्थ सेवन (मापसे) का कारण पाँच सय ९५, यान्त्रिक गडबडीका कारण एक सय ४२, ओभरटेका कारण २ सय २७, सडकको अवस्थाका कारण २१ र मौसमका कारण ३४ सवारी साधन दुर्घटनामा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउँछन् । 

‘दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिति जाँच, लामो दूरीका सवारीसाधनमा दुई चालक छन् या छैनन् लगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ’, उनले भने । साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाभित्रको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending