Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

‘बगान’ बाट डेब्यु गर्दै प्रमिला

खबरडबली संवाददाता

काठमाडौं। यहि असार २९ गतेबाट नेपाली फिल्म ‘बगान’ प्रदर्शन हुने भएको छ । अभिनयमा तीन दशकको अनुभव बटुलिसकेका अभिनेता सरोज खनाल यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन् । आफ्नो निर्देशकीय डेब्यु फिल्ममा उनले सामाजिक विषयवस्तुलाई उठान गरेका छन् । एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वसँगै फिल्ममा सामाजिक दतित्व समेत समेटिएको छ । 

फिल्मको गीत र टिजर सार्वजनिक भईसकेको छ र उक्त फिल्मबाट डेब्यु गर्ल प्रमिला कार्कीले आफ्नो अभिनयबाट दर्शकसँगै फिल्मकर्मीलाई समेत प्रभावित पारिरहेकी छिन् । यसमा नीर शाह, स्वयम् निर्देशक सरोज खनाल, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, मिथिला शर्मा, आकाश श्रेष्ठको अभिनय रहेको छ । यी सिनियर र अनुभवी कलाकारको भिडमा समेत टेलिभिजनकर्मीको रुपमा परिचित प्रमिला आफ्नो काममार्फत नोटिस भएकी छिन् । 

‘मैले सुरुआत नै अभिनयमार्फत नै गरेकी थिएँ । अभिनय सिक्न र निरन्तरता दिन नै म बुटवलबाट काठमाडौँ आएकी हुँ’, प्रमिलाले भनिन्,‘म काठमाडौँ आएर नाट्यकर्मी अनुप बरालसँग अभिनय सम्बन्धी प्रशिक्षण लिनुका साथै दुई नाटकमा काम समेत गरें । यद्यपि टेलिभिजन र म्युजिक भिडिओमा सक्रियता वढेको कारण मलाई त्यताबाट चिन्नु हुन्छ ।’ 

फिल्ममा उनले प्राप्तीको भूमिका निर्वाह गरेकी छिन्, जो निडर र आफ्नो आत्मविश्वासले समाजमा अन्य भन्दा फरक रहेकी छिन् । ‘जस्तो सुकै परिस्थितिसँग लड्ने, परिवर्तनका निमित क्रान्ति गर्न पछाडी नपर्ने, जस्तो स्वभाव प्राप्तिमा रहेको छ । त्यो भूमिकालाई मैले आफ्नै बाहिरी जीवनमा समेत महसुश गरेकी छु,’ प्रमिलाले भनिन्,‘म ठूलो पर्दामा देखिदैछु भन्ने भन्दा पनि कस्तो संदेश र क्यारेक्टरमार्फत प्रस्तुत हुँदैछु भन्ने मलाई लाग्छ । चलचित्रमा मनोरञ्जनसँगै सामाजिक संदेश पनि हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ उनी टेलिभिजनमार्फत पनि महिला शसक्तिकरणका विषयमा आवाज उठाईरहेकी हुन्छिन् ।

सिनियर र अनुभवी कलाकारसँग काम गर्दा सुरुमा केहि असहज जस्तो महसुश भएता पनि काम गर्ने क्रममा त्यस्तो नभएको उनको अनुभव रहेको छ । ‘म सम्पूर्ण सिनियर कलाकारको व्यक्तित्वसँग प्रभावित थिएँ तर, काम गर्दा मैले क्यारेक्टरमै बाँचे, उसकै अनुसार प्रस्तुत भएँकी छु । मलाई उहाँहरुले सहजता दिनुका साथै सुझाव पनि दिनुभयो’, प्रमिलाले भनिन् । 

म्युजिक भिडिओमार्फत सुन्दरता प्रस्तुत गरेकी प्रमिला फिल्ममा अभिनयको सुन्दरता प्रस्तुत गरेकी छिन् । उनि आफ्नो पात्रमार्फत युवालाई सिक्ने र बुझ्ने मौका मिल्ने बताउछिन् । ‘स– परिवार नै हेर्नु पर्ने फिल्म बनेको छ भने परिवारमा एउटी महिलाले चाहने साथ र समाजमार्फत राखेको अपेक्षा प्रस्तुत गरेका छौं । यसलाई परिवार  र समाजले बुझ्नु जरुरी रहेको छ र यो सम्पूर्ण परिवारको लागि बनेको फिल्म हो’, उनले भनिन् । 

परिवर्तनलाई आफू र आफ्नै घरबात सुरुआत गर्नु पर्ने बताउने प्रमिलाले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको निर्देशक खनालले बताएका छन् । ‘यसमा प्रमिलाले सबैलाई चकित बनाउने काम गरेकी छिन् । एउटा कलाकार र डेब्यु निर्देशक भएकाले उनीसँग काम गर्दा सहजता महसुश गरेंका छन् । छायांकन अगाडी उनले कस्तो गर्लिन् भन्ने थियो तर उनले मसँगै सम्पूर्ण टिमलाई चकित बनाउने काम गरेकी छिन्’, निर्देशक खनालले भने । 

सुरेश वाग्ले र विनोद मानन्धरको निर्माण रहेको फिल्ममा स्वप्न नीरवको कथा,  गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन् ।

फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्ने भएकाे छ ।

बगानकाे

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending