Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

न्यायाधीशले घुस खाएर आदेश दिएकाे सामाजिक विकासमन्त्री राजभण्डारीकाे आराेप

खबरडबली संवाददाता

विराटनगर । कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीशमाथि गम्भीर आक्षेप लगाएका छन् । सार्वजनिक मञ्च प्रयोग गर्दै उनले घुस खाएर मुद्दामा ‘स्टे अडर’ जारी गरेको आरोप न्यायाधीशलाई लगाएका हुन् । 

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको विषयलाई लिएर मन्त्रीले न्यायाधीशमाथि गम्भीर आरोप लगाएका हुन्। 

विराटनगरको शिक्षादीप कलेजद्वारा आइतबार आयोजित शिक्षक तथा कर्मचारी सम्मान र उत्प्रेरणाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा न्यायाधीशप्रति उनले निक्कै आक्रोसपूर्ण एवं विवादास्पद अभिव्यक्ति दिएका छन् । 

मन्त्री राजभण्डारीले न्याय पाउने स्थानबाटै लेनदेनमा ‘इन्साफ’ हुने गरेको आरोप लगाए ।  मन्त्री राजभण्डारीले न्यायालयका न्यायाधीशले पैसा खाएर दिएको आदेशप्रति आफ्नो गम्भीर आपत्ति रहेको उल्लेख गरे । झापाको दमकमा गत वैशाख १४ देखि १६ गतेसम्म आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोसी प्रदेशको नाम नलेखेको कारण देखाउँदै प्रदेश खेलकुद बोर्डका सदस्य सचिव वाग्लेलाई २ पटक स्पष्टीकरण सोधिएको थियो। 

प्रदेशको नाम रातो टेपले छोपेर प्रतियोगिता आयोजना गरेको भन्दै जेठ १७ गते ७ दिन र जेठ २९ गते ३ दिनको समय दिएर स्पष्टीकरण सोधिएको थियो। पहिचान पक्षधरको आन्दोलन र अवरोधका कारण ब्यानरमा कोसी नाम उल्लेख गर्न नसकिएको स्पष्टीकरण वाग्लेले दिएका थिए। 

तर, चित्तबुझ्दो जवाफ नदिएको भन्दै गत जेठ ३ गते बसेको कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय लियो । मन्त्रिपरिषद्को निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरे। न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले जेठ ५ गते प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न प्रदेश सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

दुवै पक्षसँगको छलफलपछि न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले जेठ २२ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दियो। त्यसपछि वाग्ले काममा फर्किएका छन् । त्यही आदेशलाई लिएर प्रदेशको खेलकुद क्षेत्र हेर्दै आएको मन्त्रालयका मन्त्री भने सार्वजनिक हिसाबमै न्यायाधीशविरुद्ध खनिएका हुन् । 

प्रदेशको नाम ‘कोसी’ मेटेर प्रतियोगिता आयोजना गरिएपछि वाग्लेलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआएपछि पदबाट हटाइएको राजभण्डारीले बताए। तर, न्यायाधीशले बदनीयत राखेर उनलाई काममा फर्काएको आरोप उनले लगाए ।

मन्त्री राजभण्डारीले प्रदेश खेलकुद विकास बोर्डको अघिल्ला सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)को मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्य सचिव हंशराज वाग्लेको विषयमा भने चाँडो ‘स्टे अर्डर’ दिनु घुस खाएको प्रमाण भएको दाबी गरे । 

उनले नेता, कर्मचारी, न्यायाधीशलगायत कसैले पनि भ्रष्टाचार गर्न नपाउने बताए ।  न्यायालयका न्यायमूर्ति रकममा बिक्न थालेको भन्दै राजभण्डारीले पछिल्ला मुद्दाहरूमा न्यायाधीशहरू भ्रष्ट हुँदै लेनदेनमा डुबेको आरोप लगाए । एकै प्रकृतिको मुद्दामा अदालतको फरक निर्णय आउनु नै न्यायाधीशले घुस खाएको प्रमाण हुने उनीको जिकिर छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

धनकुटाबाट सुरु भयो ६० करोड बिरुवा रोप्ने राष्ट्रिय अभियान

धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending