सप्तरी । सप्तरीमा आर्थिक वर्ष ०८० ८१ को सभा गर्ने पहिलो पालिका छिन्नमस्ता गाउपालिका बनेको छ । बिहीबार एक कार्यक्रमकाबीच छिन्नमस्ता गाउँपालिकाले १० औ गाउँसभा समपन्न गरेको हो ।
गाउँसभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि ३४ करोड ८३ लाख २३ हजार रुपैयाँको अनुमानित आय व्यय पारित भएको हो ।
अघिल्ला जनप्रतिनिधिहरुको कार्यकालमा गाउँसभा नहुँदा यो पालिका संकटग्रस्त भएको थियो । लगातार तीन आर्थिक वर्ष सम्म गाउसभा नहुनु र बाँकी दुई वर्षमा पनि तोकिएको नियमित समयमा गाउँसभा नहुँदा छिन्नमस्ता गाउँपालिका संकटपूर्ण अवस्थामा पुगेको थियो ।
गत वर्ष नयाँ जनप्रतिनिधि आएपछि यो पालिकामा समयमै सभा हुन थालेको छ । भने असार १० भित्र आगामी आर्थिक वर्षको गाउँसभा गरिसक्नुपर्ने कानुनी व्यवस्था अन्तर्गत छिन्नमस्ता गाउँपालिका यसपटक जिल्लामै पहिलो सभा गर्ने स्थानीय तह बनेको छ ।
समयमै गाउँसभा गर्न सकिएन भने पूरै आर्थिक वर्षमा काम प्रभावित हुने छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । कार्यपालिका सदस्यहरुको भावना र नागरिकबाट आएका योजनालाई समावेश गरी नीति तथा कार्यक्रम र बजेट निर्माण भएकाले आउँदो वर्ष छिन्नमस्ता गाउँपालिकाका लागि विकासको वर्ष हुने उनले बताए ।
अघिल्लो पटकका जनप्रतिनिधिहरुको समयमा लगातार तीन आर्थिक वर्षसम्म गाउँसभा नहुँदा पालिका नराम्ररी प्रभावित भएकाले तोकिएको समय भन्दा अगावै गाउँसभा गरी आर्थिक वर्षको प्रारम्भसँगै योजनाका कामहरु अगाडि बढाउने सोचमा रहेको पालिका अध्यक्ष चौधरीको भनाइ छ ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी मुलुकमै दोस्रो कम उमेरका पालिका प्रमुख हुन् । उनी २७ वर्षका भए । लोकतान्त्रिक समाजवादी पार्टीबाट छिन्नमस्ता गाउँपालिकामा एक्लो निर्वाचित जनप्रतिनिधि रहेपनि अन्य पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सहयोगबाट आफू समय अगावै गाउँसभा गर्न सफल भएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - २०:४६
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...
बैशाख १४ गते, २०८३ - २०:३३
विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी
बैशाख १४ गते, २०८३ - २०:३०
सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो
बैशाख १४ गते, २०८३ - २०:१७
म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...
बैशाख १४ गते, २०८३ - २०:०५
उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...
बैशाख १४ गते, २०८३ - २०:०२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...


प्रतिकृया लेख्नुहोस्: