Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

सप्तरीको छिन्नमस्ता बन्याे गाउँसभा गर्ने पहिलो स्थानीय तह

खबरडबली संवाददाता

सप्तरी ।  सप्तरीमा आर्थिक वर्ष ०८० ८१ को सभा गर्ने पहिलो पालिका छिन्नमस्ता गाउपालिका बनेको छ । बिहीबार एक कार्यक्रमकाबीच छिन्नमस्ता गाउँपालिकाले १० औ गाउँसभा समपन्न गरेको हो । 

गाउँसभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि ३४ करोड ८३ लाख २३ हजार रुपैयाँको अनुमानित आय व्यय पारित भएको हो ।

अघिल्ला जनप्रतिनिधिहरुको कार्यकालमा गाउँसभा नहुँदा यो पालिका संकटग्रस्त भएको थियो । लगातार तीन आर्थिक वर्ष सम्म गाउसभा नहुनु र बाँकी दुई वर्षमा पनि तोकिएको नियमित समयमा गाउँसभा नहुँदा छिन्नमस्ता गाउँपालिका संकटपूर्ण अवस्थामा पुगेको थियो ।

गत वर्ष नयाँ जनप्रतिनिधि आएपछि यो पालिकामा समयमै सभा हुन थालेको छ । भने असार १० भित्र आगामी आर्थिक वर्षको गाउँसभा गरिसक्नुपर्ने कानुनी व्यवस्था अन्तर्गत छिन्नमस्ता गाउँपालिका यसपटक जिल्लामै पहिलो सभा गर्ने स्थानीय तह बनेको छ ।

समयमै गाउँसभा गर्न सकिएन भने पूरै आर्थिक वर्षमा काम प्रभावित हुने छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । कार्यपालिका सदस्यहरुको भावना र नागरिकबाट आएका योजनालाई समावेश गरी नीति तथा कार्यक्रम र बजेट निर्माण भएकाले आउँदो वर्ष छिन्नमस्ता गाउँपालिकाका लागि विकासको वर्ष हुने उनले बताए । 

अघिल्लो पटकका जनप्रतिनिधिहरुको समयमा लगातार तीन आर्थिक वर्षसम्म गाउँसभा नहुँदा पालिका नराम्ररी प्रभावित भएकाले तोकिएको समय भन्दा अगावै गाउँसभा गरी आर्थिक वर्षको प्रारम्भसँगै योजनाका कामहरु अगाडि बढाउने सोचमा रहेको पालिका अध्यक्ष चौधरीको भनाइ छ  ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी मुलुकमै दोस्रो कम उमेरका पालिका प्रमुख हुन् । उनी २७ वर्षका भए । लोकतान्त्रिक समाजवादी पार्टीबाट छिन्नमस्ता गाउँपालिकामा एक्लो निर्वाचित जनप्रतिनिधि रहेपनि अन्य पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सहयोगबाट आफू समय अगावै गाउँसभा गर्न सफल भएको उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending