Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

तीन जिल्ला र दुई प्रदेशका नागरिकको साझा स्वास्थ्य चौकी

खबरडबली संवाददाता

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–११, चुरेस्थित स्वास्थ्य चौकी भौगोलिक रूपमा विशेष महत्त्व बोकेको केन्द्र बनेको छ । यो स्वास्थ्य चौकी धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्रमा अवस्थित छ भने मधेश र बागमती प्रदेशको सीमासमेत जोड्दछ । त्यसमाथि महोत्तरीको बर्दिवास नगरपालिका–३, राजावाससमेत नजिकै रहेकाले यो चौकी तीन जिल्ला र दुई प्रदेशका बासिन्दाका लागि सहज पहुँचको स्वास्थ्य सेवा केन्द्र बनेको छ ।

मिथिला नगरपालिकाले वडा नम्बर ११ का बासिन्दालाई लक्षित गर्दै स्थापना गरेको यो स्वास्थ्य चौकी अहिले सीमावर्ती क्षेत्रका नागरिकका लागि साझा उपचार केन्द्र बनेको छ । धनुषाका स्थानीयसँगै सिन्धुली र महोत्तरीका बासिन्दा पनि सहज पहुँचका कारण उपचारका लागि यहीँ आउने गरेका छन् । टाढा रहेका ठुला अस्पतालसम्म पुग्न समय र खर्च लाग्ने भएकाले सामान्य स्वास्थ्य समस्यादेखि गर्भवती जाँच, बालबालिका खोप, साना चोटपटकलगायतका सेवाका लागि यो चौकी नै पहिलो रोजाइ बन्ने गरेको स्वास्थ्य चौकीकी कार्यालय सहयोगी सबिता घिसिङले बताए।

उनका अनुसार यसको महत्त्व जति ठुलो छ, सेवाग्राहीको सङ्ख्या भने अपेक्षाकृत कम छ । आसपासको बस्तीमा जनसङ्ख्या कम भएका कारण बिरामीको चाप न्यून रहने गरेको उनको भनाइ छ । तर सीमावर्ती क्षेत्रका लागि यो स्वास्थ्य चौकी आकस्मिक अवस्थामा जीवनरक्षकको भूमिका खेल्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र महतोले भने “यो चौकी एउटा वडाको मात्र नभई तीन जिल्लाका नागरिकलाई सेवा दिने केन्द्र बनेको छ । यहाँ धनुषा, सिन्धुली र महोत्तरीबाट बिरामी आउछन् । यद्यपि बस्तीका अधिकांश युवा तथा हुनेखाने बाहिर रहेकाले सेवाग्राही कम सङ्ख्यामा आउने गरेका छन् । तर आवश्यकताका हिसाबले यसको भूमिका निकै महत्त्वपूर्ण छ ।”

यदि पूर्वाधार, औषधी र जनशक्ति थप गर्न सकियो भने यहाँबाट अझ प्रभावकारी सेवा दिन सकिने उनले जानकारी दिए।

स्थानीय प्रेमबहादुर कार्कीले आकस्मिक अवस्थामा छिटो उपचार पाउन सकिने भएकाले यसले ठुलो राहत दिएको बताए। पहाडी र तराई क्षेत्रको सङ्गमस्थलमा रहेको यस चौकीले भौगोलिक जटिलताबिच स्वास्थ्य सेवा पुर्‍याउने उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ ।

कार्कीका अनुसार आकस्मिक बिरामी, सामान्य ज्वरो, चोटपटक, गर्भवती सेवा लगायतका आधारभूत उपचारका लागि यो स्वास्थ्य चौकी निकै उपयोगी सावित भएको छ । यो स्वास्थ्य चौकी केवल एउटा सेवा केन्द्र मात्र नभई सीमाना र समुदाय जोड्ने पुलजस्तै बनेको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...

धुलिखेल रिसोर्टबाट फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...

रुसद्वारा किभमा ठूलो क्षेप्यास्त्र आक्रमण: एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...

पूर्वसूचना दिने साइरनले बाँकेमा मानव–हात्ती द्वन्द्व घटाउँदै

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...

पोहोरभन्दा बढी संख्यामा मान्छे विदेश जाँदा अहिले सबै चुपचाप छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending