काठमाडौँ । एमालेका निलम्बित सचिव टोपबहादुर तथा पूर्व उपप्रधानमन्त्री रायमाझीका वकिल रमेश बडालले टेकनाथ रिजालको विषयमा पत्याउन ननिलने भन्दै अनौठो बहस गरेका छन् । पूर्वमहान्याधिवक्ता समेत भइरहेका बडालले जिल्ला अदालत काठमाडौँमा शरणार्थी प्रकरणमा मुछिएका रायमाझीको पक्षमा बहस गर्दै भुटानी शरणार्थी नेता रिजालको बयानलाई पत्याउन नमिल्ने कुरा उनले बताएका छन् ।
प्रहरीले पक्राउपछि बयानका क्रममा रिजालले सानु भण्डारी र केशव दुलालसँगै रायमाझीलाई पनि लहराेमा तनेका थिए । आफूले ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौँ ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्याएको रिजालको बयानमा उल्लेख गरिएको छ । रिजालको ब्यान अनुसार ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ’ ।
बडालले सोही बहसमा रिजालले लेखेको ‘टर्चर किलिङ मी सफटली’ भन्ने किताब २००९ सालमा किताब लेख्नुभएको छ । त्यस किताबलाई देखाउद जेल बस्दा भुटानले रिजालको माइन्ड कन्ट्रोलको गरेको कुरा उल्लेखगरीएको छ । भुटानमा जेल बस्दा सरकारले माइन्ड कन्ट्रोलको गरेको र अझै पनि कन्ट्रोल भइरहेको हो कि भन्ने भान हुन्छ भनेर रिजालले किताबमा लेखेको बडालको जिकिर गरेका थियो ।
‘माइन्ड कन्ट्रोल भएको मान्छेले दिएको बयान पत्याउने ? उहाँको किताबमा माइन्ड कन्ट्रोल उल्लेख भएकाले उहाँले बयान दिएको कुरा अभियोग हुन सक्दैन ’,बहसका क्रममा बडालले भनेका छन्, नक्कली भुटानी शरणार्थी प्रकरणलाई प्रहरीले पहिले ठगीमा अनुसन्धान गरेको र २५ दिन पछि संगठितमा मुद्दालाई अघि बढाएको बडालले बताएका छन ।
‘यो मुद्दा सङ्गठितमा ल्याउनुनै बदनियत छ अदालतले बदनियनलाई साथ दिन मिल्दैन’, उनले भने, ‘६० दिन थुन्न पाउने कानुनलाई उपयोग गर्न बदनियत राखेर सङ्गठित मुद्दा चलाइएको छ । त्यसैले यो मुद्दामा राज्यलाई कुनै हानी भएको छै र राज्य पीडित नहुँदा राज्यविरुद्धको कसुर पनि हुँदैन ।’ यसअघि अधिवक्ता रमण श्रेष्ठले पनि बहसमा यस्तै जिकिर गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: