Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

‘अफ द रेकर्ड, मेरो विरुद्ध राजनीतिक चलखेल भएको छ श्रीमान्’ : टोपबहादुर

ब्यानका लागी कुटपिट भएको आङटावा शेर्पाको दाबी

खबरडबली संवाददाता

काठमाडौं । वैशाख ३१ मा पक्राउ परेका रायमाझीविरुद्ध एकजना पीडितले जिल्ला प्रहरी परिसर काठमाडौँमा ‘भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु’ भनेर पैसा लिएको आरोपमा जाहेरी दिएका थिए । आफू पक्राउ परिसकेपछि योजनाबद्ध जाहेरी दर्ता गरिएको जिकिर गर्दै रायमाझीले बयानमा भनेका छन्–‘जाहेरी योजनाबद्ध आएको छ, म जाहेरवालालाई चिन्दिनँ ।’

‘चार पटक सांसद भएँ, उप–प्रधानमन्त्रीसम्म भएको मान्छे हुँ राज्यको लागि काम गर्नेले भुटानी बनाएर नेपालीलाई अमेरिका पठाउने कल्पना पनि गर्न सकिँदैन ।’ काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेम प्रसाद न्यौपाने सामु नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीले थप भन्दै गए–‘अफ द रेकर्ड, मेरो विरुद्ध राजनीतिक चलखेल भएको छ श्रीमान् ।’

भुटानी शरणार्थी प्रकरणमा बयान दिन इजलासमा उपस्थित भएका पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले ७ घण्टा बयान दिएका छन् । बिहीबार बयान दिँदा रायमाझीलेश न्यायाधी सामु प्रहरीको हिरासतमा ‘टर्चर’ हुने गरेको पनि गुनासो गरेका छन् । बयान दिनुअघि रायमाझीले अधिवक्ता करुणाकर मल्लिक र आकृति रायमाझीसँग परामर्श गरेका थिए ।शरणार्थी प्रकरणका मुख्य योजनाकार रायमाझीलाई अर्का योजनाकार सानु भण्डारीले १ करोड ६० लाख नगद दिएको बयान दिएका छन् । तर, आफू राजनीतिक मान्छे भएको बताउँदै रायमाझीले बयानमा भनेका छन्–‘मैले पैसा लिएको छैन तर, सानु र मेरो छोरा सन्दीप व्यापारिक साझेदार हुन् ।’

सानु भण्डारीको घरमा भेटिएको डायरीमा भेटिएको ‘लेनदेन रेकर्ड’को आधारमा पक्राउ परेका रायमाझीले डायरीको हिसाबबारे भने–‘डायरीको हिसाब मलाई थाहा भएन ।’ डायरी अध्ययन गरेका एकजना प्रहरी अधिकृतका अनुसार रायमाझीलाई ‘मामा’ सम्बोधन गरेर सानुले पटक–पटक रकम दिएको हिसाब राखेको भेटिएको छ ।

छोरा सन्दीप र सानु सहित ५ जना मिलेर कम्पनी खोलेको र व्यापारमा साझेदार रहेको कुरा उल्लेख गर्दै रायमाझीले भनेका छन्–‘व्यापारको हिसाब मलाई थाहा भएन, छोरालाई थाहा  छ ।’

अहिलेसम्म शरणार्थी प्रकरणमा  १५ जनाको बयान पुरा भएको छ । शुक्रवार पूर्व गृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी व्यवसायी हरिभक्त महर्जनको बयान हुँदै छ । 

त्यस्तै,पूर्व सभासद् आङटावा शेर्पाले पनि बिहीबार आफ्नो बयान पुरा गरेका छन । शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका सानु भण्डारी पक्राउ परेपछि उनका दाइ राजुलाई ३० लाख दिएर ‘कागज’ बनाएका आङटावाले त्यसबारे बयान दिएका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाणले लिएको पैसा फिर्ता गर्ने शर्तमा राजु भण्डारीसँग आङटावाले कागज गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

इजलासमा शेर्पाले सो कागज पेश गर्दै भनेका छन्–‘राजु भण्डारीसँग मेरो लेनदेन कारोबार  छ ।’ शेर्पाले आफूलाई पक्राउ गरेपछि कुटपिट गरेको जिकिर गरेका छन् । तर, उनी पक्राउ परेकै बिहान शौचालयमा लडेर घाइते भएको प्रहरीले दाबी गर्दै आएको छ । शेर्पाको टाउकोमा ७ वटा टाँका लगाइएको छ । शेर्पाले बयानमा भनेका छन्–‘प्रहरीले मलाई कुटपिट गरेर बयान लिएको हो, म घाइते छु श्रीमान् ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending