Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

व्यवसायिक क्षेत्रमा मन्दी, ३४ प्रतिशतले घट्यो लगानी

खबरडवली संवाददाता
काठमाडौं । चालु आर्थिक वर्षमा व्यावसायिक क्षेत्रमा मन्दी आउँदा औद्योगिक क्षेत्रको लगानी पनि निराशाजनक देखिएको छ । उद्योग विभागका अनुसार चालु आवको १० महिनामा उद्योग दर्ता संख्यामा ठूलो कमी नआए पनि लगानी प्रतिबद्धता भने ३४ प्रतिशतभन्दा बढीले घटेको छ। विभागका अनुसार गत आवको वैशाखसम्ममा २ खर्व ९३ अर्बको लगानी प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा १ खर्ब ९२ अर्बको मात्र आएको छ। यसरी १० महिनामा कुल १ खर्व १ अर्व अर्थात् ३४.४७ प्रतिशतले लगानी प्रविवद्धतामा कमी आएको विभागको भनाइ छ। लगानी प्रतिबद्धता परिमाणमा ठूलो गिरावट आए पनि परियोजना संख्या भने गत वर्षकै हाराहारीमा देखिएको छ । गत आवको १० महिनामा २६४ परियोजना स्वीकृत भएका थिए भने यस वर्ष २४८ परियोजना स्वीकृत भएका छन्। विभागका अनुसार वैशाख महिनामा मात्र स्वदेशी तथा विदेशी लगानीका ३१ परियोजना स्वीकृत भएका छन् भने ती परियोजनाका लागि ११ अर्व ४५ करोड लगानी प्रतिबद्धता रहेको छ। यसवाट २ हजार १५५ को संख्यामा रोजगारी सिर्जना हुने जनाइएको छ । नयाँ दर्ता भएका उद्योगमध्ये वैशाखसम्म १३० साना, ६२ मझौला र ५६ ठूला उद्योग रहेका छन्। यसमध्ये वैशाखमा २६ साना, दुई मझौला र तीन ठूला उद्योग रहेका छन्। मुलुकमा पछिल्लो समय ठूला र मध्यमको तुलनामा साना लगानीका व्यवसाय दर्ता गर्ने क्रम बढ्दो अवस्थामा छ । विभागमा हालसम्म स्वदेशी र विदेशी गरी कुल ९ हजार ११ परियोजनाका लागि २८ खर्व १६ अर्बका औद्योगिक तथा व्यावसायिक परियोजना दर्ता भएका छन्। यी उद्योग व्यवसायबाट ६ लाख ७५ हजार ५२७ रोजगारी सिर्जना हुने जनाइएको छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

आगामी बजेट सन्तुलित आउँछ: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णा...

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending