काठमाडौं । जोरपाटी-सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन ।
सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०/६० मिटरमा स्थानीयवासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए ।
उनका अनुसार केही समय पहिले कार्यरत कामदार र स्थानीयवासीबीच विवाद समेत भएको थियो । उनले भने, “त्यहाँको समस्या समाधान गर्न वडा कार्यालयले समन्वयका लागि पहल गरिरहेको छ । समााधन हुनासाथ कालोपत्र गर्न सकिन्छ ।”
सडक सम्पन्न हुँदै गर्दा स्थानीयवासीले बसपार्क माग गरेको सूचना अधिकारी जोशीले बताए। बजेट उपलब्ध भएमा बसपार्कसमेत निर्माण गरिने योजना रहेको बताए।
यो खण्डमा तीनचार ठाउँमा पुल निर्माणका लागि माग भएको र आयोजनाले सरकारसँग बजेट माग गरेको बताए । “सडक चौडा भए पनि पुल भएको ठाउँको सडक अघि साँघुरो रहेको छ ” उनले भने।
विसं २०७२ मा सडकको केन्द्र भागबाट दुवैतर्फ ११/११ मिटर चौडा गर्ने गरी सो सडकको विस्तारका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडक विस्तार हुने नसकेका कारण सडक सरकारको उपलब्ध चौडाइमै निर्माण गर्ने निर्णय अघि बढाइएको थियो ।
यहाँ रहेका विद्युत्को पोल हटाउन र रुख हटाउन पनि लामो समय लागेको थियो । सडक निर्माण नसकिँदा स्थानीयवासीले लामो समयसम्म समस्या भोगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०८:०५
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...




प्रतिकृया लेख्नुहोस्: