नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन थालेको छ ।
गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो ।
अनुदान रकम साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए।
“गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, उनले भने, “किसानलाई प्रोत्साहान गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।”
उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने अध्यक्ष पाण्डेको भनाइ छ । गत आव २०७८÷७९ मा दुई सहकारी संस्थामार्फत किसानलाई अनुदान उपलब्ध गराइएको छ । गत वर्ष किसानले रु दुई लाख ५४ हजार दुई सय ३५ प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताए।
“गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले ३० हजार २६ लिटर दूधको जम्मा रु एक लाख ५० हजार एक सय ३० र साना किसान कृषि सहकारी संस्थाले २० हजार आठ सय २१ लिटर दूधको रु एक लाख चार हजार एक सय पाँच अनुदान लगेका छन्”, उनले भने।
यस वर्ष गत वर्षको भन्दा धेरै दूध उत्पादन हुने र अनुदान पाउने किसानको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको अध्यक्ष पाण्डेले बताए।
“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादमा आत्मनिर्भर बनाउने लक्ष्यानुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्”, उनले भने, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा दूध उत्पादन कम भएको छ ।”
किसानको पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसान नयादत्त गौतमले बताए। सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको उनको भनाइ छ ।
दूधमा अनुदान पाउनुभएका किसान जीवन लम्सालले तल्लो तहको किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए। हुप्सेकोट गाउँपालिकाले पशु बीमाअन्तर्गत कृषकले तिर्ने प्रिमियममा ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - ०९:२६
काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आज र भोलिका आफ्ना उडानहरु पूर्ण रुपमा रद्द गरेको छ । मध्यपूर्व क्षेत्रमा भएको अस...
फाल्गुन १८ गते, २०८२ - ०९:२२
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्...
फाल्गुन १८ गते, २०८२ - ०८:१३
जनकपुरधाम । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादव ‘महामूर्ख’ घोषित भएका छन्। होरी पर्वका अवसरमा मिथिला नाट्य कलापरिषद्ले जनकपुरमा आयोजना गर्दै आएको मह...
फाल्गुन १८ गते, २०८२ - ०८:०६
काठमाडौं । आयल निगमको व्यवस्थापकीय अक्षमताले डेढ महिनादेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन सकेको छैन । ग्यास आपूर्ति सहज नबनेकै अवस्थामा आइतब...
फाल्गुन १८ गते, २०८२ - ०८:००
काठमाडौं । फागुन २१ गते हुने मतदानबाट प्रतिनिधिसभामा २७५ सांसद निर्वाचित हुने छन्। जेन जी आन्दोलनपछि उत्पन्न राजनीतिक र संवैधानिक रिक्तता हटाउन व्यवस्...
फाल्गुन १८ गते, २०८२ - ०७:४८
म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा ११ ...
फाल्गुन १८ गते, २०८२ - ०७:३३
कञ्चनपुर । मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ । निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदात...
फाल्गुन १८ गते, २०८२ - ०७:२९
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार, यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेका छन्...
फाल्गुन १८ गते, २०८२ - ०७:२५
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत के...
फाल्गुन १८ गते, २०८२ - ०७:१६
काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन...



प्रतिकृया लेख्नुहोस्: