Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

ऐतिहासिक निशान भगवती मन्दिरको जीर्णोद्धार

खबरडबली संवाददाता

भोजपुर । ऐतिहासिक निशान भवगती मन्दिरको करिब २१ वर्षपछि नेपाली सेनाले जीर्णोद्धार गरेको छ।  पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा १८२६ मा स्थापना भएको मन्दिर संरक्षणअभावमा जीर्ण बनेको थियो। जीर्णोद्धार गरिएको मन्दिरको नेपाली सेनाका सहायक रथी महेशकुमार थापाले शनिबार उद्घाटन गरे। 

मन्दिर नेपालीको सेनाको फष्ट रैफल गण भोजपुरको पहलमा पुनः निर्माण गरिएको हो। मन्दिरको पुननिर्माणले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीय परशुराम तिवारीले बताए। ‘यो भोजपुरको इतिहास बोकेको मन्दिर हो’ उनले भने,‘ सेनाले जीर्णद्धार गरेर उद्घाटन पनि भयो। यसले यहाँको इतिहास संरक्षणमा टेवा मिलेको छ।’

२१ लाख २६ हजार ४५४ रुपैयाँ लागतमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको फर्स्ट राइफल गण भोजपुरका प्रमुख विश्वनाथ तिमल्सेनाले जानकारी दिए। नेपाली सेनाबाट  १५ लाख, स्थानीय तहसँगै विभिन्न संघ संस्था तथा मन्दिर व्यवस्थापन समितिबाट पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक स्रोतबाट खर्च गरिएको उनको भनाइ छ। 

मन्दिरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी महेशकुमार थापाले सेनाले पौराणिक महत्त्व र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीति अनुसार मन्दिरको संरक्षण गरेको बताए  । ‘सेनाले एक कार्यक्रम नै अघि सारेर पौराणिक महत्त्व र इतिहास बाकेको स्थलको संरक्षण गर्दै आएको छ’ उनले भने,‘ यही कार्यक्रम अनुसार सेना र स्थानीयको सहयोगमा यो मन्दिरको जीर्णोद्धार गरेका छौँ।’

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माणमा नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताए। आगामी दिनमा संरक्षणको लागि पूर्ण स्वामित्व लिन नगरपालिका तयार रहेको बताए। यस्ता इतिहास बोकेका ठाउँको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

विगतमा गरुण दल गुल्म रहँदासम्म यहाँ भव्य पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि मन्दिर संरक्षणविहीन बन्दै आएको थियो। जीर्णोद्धारपश्चात् मन्दिरमा चाँडै निशान भगवती स्थापना हुने भएपछि स्थानीयवासी थप उत्साहित भएका छन्।

विगतमा भएको निशान भगवती मन्दिर भत्किएपछि २०६९ सालमा जीर्णोद्धार गरेर अर्को मन्दिर स्थापना गरिएको थियो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending