म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली आज धवलागिरि गाउँपालिका–२ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो ।
म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा भोट खसाल्न छन्त्याल र उनको परिवारसहितको टोली काठमाडौँदेखि बेनीआएर गुर्जा जान थालेको हो । सडक सञ्जालले नछोएको गुर्जा म्याग्दी जिल्लाकै अत्यन्त विकट ठाउँ हो । जनकल्याण माविको मतदान केन्द्रमा सात सय ५४ मतदाता छन् । तीमध्ये करिब एक सय मतदाता गाउँबाहिर नै रहेकाले यसरी नै घोडा चढेर वा पैदल नै एक दिनको बाटो हिँडेर लुलाङदेखि गुर्जा पुग्न बाध्य भएका गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताए।
मतदानका लागि गाउँबाहिर रहेकाहरु गाउँ आउन सुरु भएको उनले जानकारी दिए । लुलाङसम्म सवारीसाधन र त्यसपछि एक दिनको पैदल यात्रा गरेर पुगिने जिल्लाको अति विकट गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएका छन् । भोलि हुने निर्वाचनका लागि गुर्जामा २० जना कर्मचारी खटाइएको छ । जिल्लाकै अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले पनि संवेदनशील मानिएको गुर्जामा आवश्यक सुरक्षाकर्मीसहितको टोलीसमेत पठाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए ।
एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित आठ जना निर्वाचन कर्मचारी र १२ जना सुरक्षाकर्मीसहित २० जना खटिएका छन् । यहाँ भोलि हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले जानकारी दिए। म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउन म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कूल नौ सय ५२ जना कर्मचारी परिचालन गरिएको छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १६:५९
धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् । बुधबार धरान–१९...
मंसिर २५ गते, २०८२ - १६:४३
वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...
मंसिर २५ गते, २०८२ - १६:२३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...
मंसिर २५ गते, २०८२ - १६:१५
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्र...
मंसिर २५ गते, २०८२ - १५:५१
काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...
मंसिर २५ गते, २०८२ - १५:४०
काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...
मंसिर २५ गते, २०८२ - १५:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...
मंसिर २५ गते, २०८२ - १५:०६
बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...
मंसिर २५ गते, २०८२ - १४:५२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्। ...
मंसिर २५ गते, २०८२ - १४:३६
धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...




प्रतिकृया लेख्नुहोस्: