Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

लमजुङको चुनावी विश्लेषण - देवलाई ढुक्क, पृथ्वीसुब्बा कमजोर

खबरडबली संवाददाता

काठमाडौं । वाम-लोकतान्त्रिक गठबन्धनबाट लमजुङका प्रतिनिधि सभा उमेदवार देवप्रसाद गुरुङ समकालीन राष्ट्रिय ब्यक्तित्व हुन्। उनी माओवादी केन्द्रका महासचिव हुन्। उनका प्रतिस्पर्धी पृथ्वी सुब्बा गुरुङ भने एमालेका उपमहासचिव हुन्।

संयोग कस्तो छ भने उनै पृथ्वीको समर्थनमा ०७४ मा लमजुङबाट जितेका देवप्रसाद पृथ्वीको आफै संघीय चुनाव लड्ने अनिच्छाका बाबजुद अहिले चुनावी आमने–सामनेमा छन्। 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी प्रदेश सभामा एमालेले बहुमत ल्याए पनि, नल्याए पनि लमजुङको प्रदेश तहबाटै उमेदवार हुन चाहन्थे। भोलिको समीकरणले आफूलाई फेरि मुख्यमन्त्रीमा अनुमोदन गर्ने बिश्वास उनमा थियो।

प्रदेशमा पृथ्वी जित्थे कि हार्थे, जितेमा उनी नै मुख्यमन्त्री बन्ने ‘पोजिसन’ एमालेको आउँथ्यो कि आउँदैनथ्यो वा बहुमत नआए पनि समीकरणमा उनी नै हावी हुन्थे कि हुदैनथे– ती पृथ्वीकै सोचका कुरा हुन्। तर, पृथ्वीका ती सोचलाई एमाले अध्यक्ष केपी ओलीले जानाजान र योजनाबद्ध समाप्त गरिदिए।

राजनीतिमा ओलीले सकारात्मक भन्दा बढी नकारात्मक उत्तोलकको भूमिका खेलेका छन्। तर, उनका नकारात्मकताहरूले प्रतिपक्षीलाई नै फाइदा दिएका छन्। कसरी भने लमजुङको यथार्थमा, ओलीले पृथ्वीको कुरा सुनिदिएनन्। 

पूर्व मुख्यमन्त्रीका रूपमा प्रदेशमा जित्ने संभावनाका पृथ्वीलाई उनले हेभिवेट माओवादी केन्द्रका महासचिव देव गुरुङबिरुद्ध प्रतिनिधि सभामा खडा गरिदिए भने आफ्ना सधैंका एसम्यान जमिन्द्रमान घलेलाई प्रदेशमा खडा गरिदिए। 

फलतः पृथ्वी र जमिन्द्र दुबै हारको सन्निकट बनेका छन् भने गठबन्धनका देवप्रसाद गुरुङ र दुबै प्रदेश उमेदवार जीतको सुनिश्चित पर्खाइमा छन् । स्थानीय चुनाव परिणाम अनुसार समेत लमजुङमा काँग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनकै बहुमत छ।

ओली समूह नछाडे पनि ओलीलाई नसुने जस्तो गरेर पृथ्वीले आम बौद्धिक एवं सचेत तहलाई अलिकति प्रभाव र भ्रममा पारेका थिए। संघीयता बिरोधी भावनाका ओलीले हिजो अशोक राईसँगै पृथ्वी लगायतलाई पार्टीबाट बहिर्गमित गर्न खोज्दा माधव–झलनाथकै जोडबलमा पृथ्वी एमालेमा टिकेका थिए। 

पोहोर पार्टी बिभाजन हुँदा पनि पार्टीले पेलेको, आफैंलाई पेलेको अनुभूति पृथ्वीलाई सर्बत्र भएको थियो। कयौं सन्दर्भमा ओलीलाई ड्यासिङ दिएर पनि, खै के बाध्यताले हो उनी रुझेको बिरालो झैं एमालेमै, ओली वरिपरि नै टाक्सिरहे। र, टाक्सिनुको चोट सायद यो चुनावमा भोग्दैछन्।

देव गुरुङ भने यस्ता आरोह–अवरोह भन्दा टाढा छन्। उनलाई जे लाग्छ, त्यही बोल्छन्। माक्र्सवादी, लेनिनवादी र माओवादी, राष्टिय स्वाधीनताका मूल्यका सतिसाल देवप्रसाद माओवादी केन्द्रभित्रका पनि एक बिद्रोहका संवाहक, सैद्धान्तिक एवं बैचारिक नेतृत्व हुन्। 

कहिलेकाही पार्टीले दायाँबायाँ गर्न खोज्दा हस्तक्षेप गर्न सक्ने हैसियत र क्षमताका ब्यक्तित्व हुन् उनी। न त पार्टी मान्यताका जननीतिका सन्दर्भमा उनीसँग कसैले सम्झौता गर्न सक्छ न राष्ट्रियता वा देशभक्तिका सन्दर्भमा। प्रचण्ड नेतृत्वसँग मोहन बैद्य, रामबहादुर थापामगर, विप्लवसहित भएर छुट्टिदा पनि उनले नेतृत्व कौशलता कहिल्यै गुमाएनन्। 

एक सोझो, नैतिक, इमान्दार, सहज, बौद्धिक तर कम्युनिष्ट मूल्य–बर्ग चेतनाको कुशल नेतृत्व गुण भएर नै उनी राजनीतिलाई बस्तुगत परख गर्ने क्षमता राख्छन्। आज उनी प्रचण्डको क्रान्तिकारी गतिशीलतामा एकाकार छन् भने मोहन बैद्य जस्ता सैद्धान्तिक नेताका कयौं मनोगत कमजोरी भए पनि सापेक्ष सम्मान गर्छन्। रामबहादुर थापा लगायतको वियोगान्त पतनलाई भने उनी सख्त घृणा गर्छन्।

माओवादी केन्द्रमा बर्षमान पुन र जनार्दन शर्माको रस्साकस्सी भएर तिनलाई सन्तुलन गर्न अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाए भन्ने भ्रम धेरैलाई छ। त्यो भने बिल्कुलै होइन। 

बर्षमान र जनार्दनका गुरु हुन् देव गुरुङ। आफ्नै बर्ग बौद्धिक क्षमताले स्थापित भएका नेता हुन्। अध्यक्ष प्रचण्डको नेतृत्वमा तर एक मूल्यशील बैचारिक धारको नेतृत्व हुन् उनी। रामबहादुर थापामगर, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतको पतनपछि माओवादी केन्द्रले नेतृत्वबारे नयाँ शिराबाट सोचेकै देखिन्छ। 

त्यसैले राष्ट्रिय ब्यक्तित्वका रुपमा, एक राजनीतिक, सैद्धान्तिक र जनन्यायिक बिकास नेतृत्वका रूपमा उनी लमजुङबाट स्वतः अनुमोदन हुनेछन्। उनको बोल्ड ब्यक्तित्वका अगाडि पृथ्वी सुब्बा गुरुङसहितका प्रतिद्वन्द्वीहरू चुरचुर भैसकेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE