Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बागलुङ १ : गठबन्धनको सहारामा पाठकलाई हराउने योजनामा केसी

खबरडबली संवाददाता

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाको निर्वाचनमा एउटा नयाँ रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन पछिल्लो समय पेचिलो बन्दै गएको बताइएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा आएपछि यहाँको निर्वाचनलाई रोचक र पृथक ढङ्गले हेरिएको छ । 

केसीले आफू गठबन्धनको सुधत्रार रहेको बताउँदै निर्वाचनमा होमिँदै गर्दा नेकपा एमालेका युवा नेता डा सूर्य पाठकले केसीलाई चुनौती दिँदै आएको छन् । आफ्नो जनआधार रहको क्षेत्र मान्दै आएको राष्ट्रिय जनमोर्चाले गठबन्धनको सहारामा पठाकलाई पछि पार्ने योजनामा छ । तर पाठक पनि पछिल्लो समय एमालेको राष्ट्रिय राजनीतिमा जोडिएकाले उनलाई पनि कमजोर उम्मेदवारका रुपमा आँकलन गर्न नमिल्ने विश्लेषकहरु बताउँछन् । केसीलाई पछि पार्दै संसद्मा दोहोरिने दाउमा हुनुहुन्छ पाठक ।
 
निर्वतमान सांसद रहनुभएका डा पाठकले पछिल्लो समय संसद्मा उठाएका आवाजहरुले आफूलाई मतदाताले रोजेको बताउछन् । पाठकले कालीगण्डकी दोहोन, मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको ढिलासुस्तीसहित बागलुङका समस्याहरु तत्कालै संसद्मा उठाएका कारण युवा माझ लोकप्रिय बनाएको छ । 

उहाँले आफूलाई युवा मतदाताहरुको साथ रहेको दाबी गर्नुहुन्छ । आफूले यस क्षेत्रमा सांसद विजयी भएपछि जिल्ला नछोडेको र जनताका समस्याहरु बुझ्न सकेको भन्दै आगामी पाँच वर्षका लागि पनि आफ्ना सामु धेरै योजना रहेको र त्यसैका लागि आफूले यो कार्यकाल पनि यहाँका मतदाताको आस गरेको उहाँको दाबी छ । 

उता राजमोको आधार क्षेत्रमा गठबन्धनको दरिलोसाथ पाएका कारण सजिलै चुनाव जित्ने केसीको पनि दाबी रहेको छ । “स्थानीय निर्वाचनसँग अहिलेको निर्वाचनको अङ्क गणित नमिल्ने र अहिलेको निर्वाचनमा राष्ट्रिय विषयमा जनताको आवाज संसद्मा लैजाने र बागलुङका विकासको आधार खडा गर्ने पक्षमा जनमत प्राप्त हुने पाठकको भनाइ छ । 

अघिल्लो सांसदको कार्यकालमा आफूले खेलेको संसदीय भूमिका र बागलुङको विकास निर्माणसँग आफू प्रत्यक्ष जोडिएका कारण आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको पाठकको दाबी रहेको छ । यस्तै केसी पनि गठबन्धनको बलियो जगमा चुनावी मैदानमा उत्रिएको र आफ्नो पक्षमा नै जनमत रहेको दाबी गर्नुहुन्छ । राष्ट्रियस्तरका नेताको रुपमा परिचित चित्रबहादुर केसीलाई जसरी पनि विजयी गराउनुपर्ने सत्ता गठबन्धनका दलका बाीचमा दबाब छ । 

पाँच दलीय गठबन्धनको मतभार आफ्ना प्रतिस्पर्धीको भन्दा धेरै बढी भएका कारण आफूले यसपटकको निर्वाचन सजिलै जित्ने केसीको भनाइ छ । “पहिलो कुरात बागलुङ जनमोर्चाको आधार भएको स्थान हो, त्यसमध्ये कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको भोट थपिदा मैले फराकिलो मतान्तरले निर्वाचन जित्ने छु”, केसीले भन्नुभयो, “यो निर्वाचन संविधानको रक्षा गर्ने र संविधान मास्नेबीचको प्रतिस्पर्धा हो योे, यसपटकको निर्वाचनमा प्रतिगमनकारीहरुलाई जनताले चिनाइ दिनेछन् ।”

गठबन्धनको मतभार धेरै भएको यस क्षेत्रमा नेकपा एमालले विभिन्न योजना लिएर गठबन्धका उम्मेदवारभन्दा आफू अब्बल हुने धेरै प्रयत्न गरेको छ । नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा युवालाई जिताउनुपर्छ भन्दै प्रचारमा जुटेको छ एमाले । सत्ता गठबन्धनको तालमेलले मात्रै यस क्षेत्रबाट निर्वाचन जित्न सकस हुने र जनमोर्चा बाहेकका अरु दलहरुको सबै मत केसीलाई नआउने पाठकको दाबी छ भने उता केसीले गठबन्धनको पूर्ण कार्यान्वयन गर्दा आफूले सजिलै चुनाव जित्ने बताउछन् । 

विसं २०५६ र विसं २०६४ को पहिलो संविधानसभा चुनावमा भारी मतका साथ विजयी भएका केसी विसं २०७० को चुनावमा समानुपातिक सांसद बनेको थिए । २०७४ मा पाठकले वाम गठबन्धनको बलमा ३३ हजार छ सय ५७ मत ल्याई विजय हासिल गरेको थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चम्पादेवी खड्काले २० हजार छ सय १६ मत प्राप्त गरेको थिए। त्यतिबेला पाठकलाई माओवादीको मत थियो भने अहिले त्यो मत केसीको गठबन्धनमा आबद्ध भएको बताइन्छ । 

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत दुई नगरपालिका र दुई  गाउँपालिका गरी चार स्थानीय तह पर्छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, वरेङ गाउँपालिका र काठेखोला गाउँपालिका समेटिएका छन् । स्थानीय तहमा बागलुङ नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले जितेको छ भने जैमिनी नगरपालिका प्रमुख जनमोर्चाले र उपप्रमुख कांग्रेसले जितेको छ । यस्तै काठेखोला गाउँपालिका प्रमुख कांग्रेस र उपप्रमुख जनमोर्चाले जितेको छ । भने वरेङ गाउँपालिका प्रमुख जनमोर्चा र उपप्रमुख कांग्रेसले जितेको छ । 

केसी र पाठकबाहेक राप्रपाका लक्ष्मीप्रसाद सापकोटा, कांग्रेस बीपीका शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्री पनि यस क्षेत्रको चुनावी मैदानमा छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

एमाले ११औँ महाधिवेशन: सुनिता डङ्गोलदेखि सुहाङ नेम्वाङसम्म केन्द्रीय सदस्यमा इन्ट्री

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...

बाँकेमा शितलहरबाट ३५ हजार बढी परिवार प्रभावित हुने पुर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending