Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

सबैको चासोको रुपमा हेरिएको बागलुङ–२ मा पौडेल र चालिसे को बलियो ?

खबरडबली संवाददाता

बागलुङ , आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागलुङ–२ लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल चुनावमा होमिएका छन् । पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले) का उम्मेदवार मञ्जु शर्मा चालिसेलाई लिइएको छ । मन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रामा विजयी भएको थिए । त्यसबेला उहाँ वाम गठबन्धनबाट निर्वाचित भएको थिए ।

अहिले पौडेललाई नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ । अघिल्लो निर्वाचनमा पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतान्तरले पराजित गरेको थिए । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले १९ हजार नौ सय पाँच मत ल्याएका थिए। 

यस क्षेत्रमा छ पालिकाका ४८ वडा पर्छन् । गत स्थानीय तहको निर्वाचन मत परिणामलाई हेर्दा ढोरपाटन नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । त्यसबाहेक ढोरपाटन–४ मा जनमोर्चाको विद्रोही समूह र अन्य सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए ।

पौडेलको गृहक्षेत्र निर्वाचन क्षेत्र नं १ भए पनि उहाँ २ नं क्षेत्रबाट चुनाव लडिरहेका छन् । अघिल्लो पटक यहाँबाट निर्वाचित भएर मन्त्रीसमेत बन्नुभएका माओवादी केन्द्रका सचिवसमेत रहनुभएका पौडेललाई आफ्नै पार्टीका नेताको बागी उम्मेदवारीले चुनौती थपेको छ ।

पश्चिम बागलुङमा राम्रै प्रभाव राख्ने माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले पनि यस क्षेत्रबाट स्व्तन्त्र उम्मेदवारी दिएर चुनावी प्रचारमा हुनुहुन्छ । गत स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन नौ हजार नौ सय ३० मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार चार सय ३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार पाँच सय आठ पाएको थियो ।

स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुखमा टिकट नपाएपछि एमाले उम्मेदवार चालिसे बागी उम्मेदवार बन्नुभएको थियो । चुनाव सकिएपछि उहाँ एमालेमा प्रवेश गरेको थिए । उनले एमालेमा प्रवेश गरेको केही समयमै टिकट पाएको थिए ।

यस क्षेत्रमा पौडेल र चालिसेसहित राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्र उम्मेदवार अर्याल र डिलबहादुर कार्की गरी सात जना चुनावी मैदानमा हुनुहुन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाकाली किनारमा देखिएका तीन हात्ती निकुञ्ज फर्किए

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...

बाराको कलैया पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

बारा। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे स्थानी...

कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुन: ठप्प

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...

आर्थिक अभावका कारण पढाइ नरोकिने, १०३ जना विद्यार्थीको उच्च प्राविधिक शिक्षा नि:शुल्क

घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending