Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सबैको चासोको रुपमा हेरिएको बागलुङ–२ मा पौडेल र चालिसे को बलियो ?

खबरडबली संवाददाता

बागलुङ , आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागलुङ–२ लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल चुनावमा होमिएका छन् । पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले) का उम्मेदवार मञ्जु शर्मा चालिसेलाई लिइएको छ । मन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रामा विजयी भएको थिए । त्यसबेला उहाँ वाम गठबन्धनबाट निर्वाचित भएको थिए ।

अहिले पौडेललाई नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ । अघिल्लो निर्वाचनमा पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतान्तरले पराजित गरेको थिए । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले १९ हजार नौ सय पाँच मत ल्याएका थिए। 

यस क्षेत्रमा छ पालिकाका ४८ वडा पर्छन् । गत स्थानीय तहको निर्वाचन मत परिणामलाई हेर्दा ढोरपाटन नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । त्यसबाहेक ढोरपाटन–४ मा जनमोर्चाको विद्रोही समूह र अन्य सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए ।

पौडेलको गृहक्षेत्र निर्वाचन क्षेत्र नं १ भए पनि उहाँ २ नं क्षेत्रबाट चुनाव लडिरहेका छन् । अघिल्लो पटक यहाँबाट निर्वाचित भएर मन्त्रीसमेत बन्नुभएका माओवादी केन्द्रका सचिवसमेत रहनुभएका पौडेललाई आफ्नै पार्टीका नेताको बागी उम्मेदवारीले चुनौती थपेको छ ।

पश्चिम बागलुङमा राम्रै प्रभाव राख्ने माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले पनि यस क्षेत्रबाट स्व्तन्त्र उम्मेदवारी दिएर चुनावी प्रचारमा हुनुहुन्छ । गत स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन नौ हजार नौ सय ३० मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार चार सय ३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार पाँच सय आठ पाएको थियो ।

स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुखमा टिकट नपाएपछि एमाले उम्मेदवार चालिसे बागी उम्मेदवार बन्नुभएको थियो । चुनाव सकिएपछि उहाँ एमालेमा प्रवेश गरेको थिए । उनले एमालेमा प्रवेश गरेको केही समयमै टिकट पाएको थिए ।

यस क्षेत्रमा पौडेल र चालिसेसहित राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्र उम्मेदवार अर्याल र डिलबहादुर कार्की गरी सात जना चुनावी मैदानमा हुनुहुन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending