Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

हरिबोललाई पन्छाएर सिन्धुली २ बाट उम्मेदवार बनेका राजन को हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । लेखनाथ दाहाल 'राजन' सिन्धुलीका लोकप्रीय युवा नेता हुन् । यस पटक उनी पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट सिन्धुली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार छन् ।

सिन्धुलीमा उनको लोकप्रीयता, जनतासँगको सम्बन्ध र संगठन विस्तारमा उनले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै पार्टीले यसपटक दाहाललाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो । २०७४ मा भने उनी प्रदेशसभामा विजयी बनेका थिए । २०७४ मा प्रदेशसभामा विजयी बनेका दाहाललाई यसपटक माओवादी केन्द्रले प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।

राजनीतिक संघर्षका हरेक मोर्चामा सक्रिय रहने दाहालले ती मोर्चाहरूमा सफलता हासिल गर्दै आएका छन् । रामेछाप होस् या सिन्धुली नै किन नहोस् उनले जहाँ पार्टीको नेतृत्व सम्हाले त्यहाँ सफलता प्राप्त गरे । उनी उच्च तहमा जनताको माग अडानका साथ राख्छन् । जसका कारण उनी जनताका प्रिय नेता बन्न सफल भएका छन् ।

राजन दाहालको जन्म वि.सं. २०३४ साल असार १० गते बुबा लिलानाथ दाहाल र आमा टंककुमारी दाहालको कोखबाट भएको हो । दाहाल सुनकोशी गाउँपालिका ५ नाङ्गेडाँडाका स्थानीय हुन् ।

दाहालले विद्यार्थी जीवनदेखि नै राजनीति सुरु गरे । १२ वर्षकै उमेरमा कक्षा ८ मा पढ्दै गर्दा २०४६ सालमा दाहालले राजनीतिक यात्रा सुरु गरे । २०५२ मा तत्कालीन माओवादीले महान् जनयुद्ध सुरु गरेसँगै उनी जनयुद्धको आँधीबेहरीमा होमिए ।

जनयुद्धको आँधीबेहरीमा होमिएका दाहाल शोषित पीडित जनताको आँखाको नानी थिए भने तत्कालीन राज्यसत्ताको आँखाको कसिङ्गर । सोही क्रममा तत्कालीन राज्यसत्ताले उनको खोजी कार्यलाई निकै महत्त्वका साथ अघि बढायो ।

जनयुद्धकै क्रममा तत्कालीन राज्य सत्ताले दाहाललाई २०५३ सालमा गिरफ्तार गर्‍यो । उनले ३ वर्षसम्म जेल जीवन बिताएर २०५६ चैतमा मा रिहा भए । रिहा भएपछि पनि दाहाल थाकेनन् । जनताको मुक्तिका लागि उनी निरन्तर संघर्षको मैदानमा डटेर खडा भए ।

पार्टी र आन्दोलनप्रतिको निष्ठा, जनताप्रति समर्पण, कुशल संगठक, इमान्दार नेता अनि जनताका प्रिय पात्र भएकाले पार्टीले पनि दाहाललाई एकपछि अर्को गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिँदै गयो । पार्टीले दिएका त्यस्ता जिम्मेवारीमा दाहालले आफूलाई खरो रूपमा उतारे । आफूले पाएको मोर्चामा सफलता प्राप्त गरेरै छाड्ने उनको विशेषता छ ।

शान्ति प्रक्रियामा आएपछि दाहाललाई पार्टीले रामेछाप खटायो । उनी रामेछापमा पार्टीको संगठन विस्तारमा सक्रिय बने । त्यहाँ रहँदा पनि दाहालले सफलता प्राप्त गरे ।

त्यसपछि पार्टीले उनलाई २०६६ मा सिन्धुली जिल्लामा सहइन्चार्ज बनाएर पठायो । उनी सिन्धुलीमा सक्रिय बने ।

दाहाल जहाँ जान्थे, त्यहाँ जनताका समस्या र पीरमर्कालाई नजिकबाट बुझेर त्यसको समाधान गर्न लागिपर्थे । जनताले खेप्ने हैरानी र दुःखले आफूलाई पीडा हुने दाहाल बताउँछन् । सोहीकारण जनताको सुखदुःखमा सधैँ साथमा रहने उनको प्रतिबद्धता छ ।

जिल्ला सहइन्चार्जको भूमिकामा सक्रिय रहेका दाहालको लगनशीलता र मेहनलाई पार्टीले पनि नजिकबाट नियालीरहेको थियो । सोही क्रममा २०६९ मा उनी पार्टीको जिल्ला इन्चार्ज र अध्यक्ष बने । पार्टीको जिल्ला नेतृत्व सम्हालेपछि पनि उनले जनतासँगको नाता टुट्न दिएनन् बरु अझ मजबुत बनाए । उनी जनताले समस्या पाएको थाहा पाउनेबित्तिकै समाधान गर्न तम्सिइहाल्छन् । सोहीकारण जनतासँग उनको नाता मजबुत बन्दै गएको छ ।

राजन दाहालले विभिन्न मोर्चामा सक्रिय रहँदा पाएको सफलतासँगै रजनीतिको सिँढी पनि उक्लँदै गए । यसै क्रममा पार्टीले उनलाई २०७४ मा प्रदेश सांसदको उम्मेदवार बनायो । त्यसबेला उनी अत्यधिक मतका साथ विजयी भए ।

प्रदेश सांसदका रूपमा क्रियाशील रहँदा दाहालले जनताको पक्षमा धेरै र उल्लेख्य कामहरू गरे । जसका कारण उनको लोकप्रियता थप चुलियो । दाहालको भूमिका र योगदानलाई उच्च मूल्यांकन गर्दै पार्टीले यसपटक उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

राजन दाहाल अहिले सिन्धुली क्षेत्र नम्बर २ मा पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । जनताका प्रिय नेता भएकाले उनको विजय सुनिश्चित भइसकेको माओवादी नेताहरू बताउँछन् ।

दाहाल भने प्रतिनिधिसभामा पुगेपछि जनताका आवाजहरूलाई अझ व्यवस्थित र बुलन्द बनाउने योजना रहेको बताउँछन् । जनतासँगको नाता कहिल्यै पनि टुट्न नदिने उनको प्रतिबद्धता छ ।

सिन्धुलीको समग्र विकास आफ्नो योजना रहेको दाहाल सुनाउँछन् । सोहीअनुसार प्रतिनिधिसभाको सांसदको रूपमा क्रियाशील हुने उनी बताउँछन् ।

आफ्नो विजयमा ढुक्क देखिएका दाहाल जनतासँगको सम्बन्ध अनि पार्टी संगठनलाई त्यसको कारण मान्छन् । 'जनताको सुखदुःखमा सधैँ साथैमा छु । जनतालाई थाहा छ, राजन दाहाल को हो, कस्तो नेता हो भनेर । मैले चिनाइरहनु या बुझाइरहनु पर्दैन । किनकी मैले यहाँ गरेको काम उहाँहरूले देख्नुभएको छ । त्यसैको आधारमा निकै धेरै मतान्तरका साथ विजयी हुन्छु,' दाहाल भन्छन् ।

दाहालले सांसद बनेपछि सार्वजनिक शिक्षाको गुणस्तर सुधार्ने, स्वास्थ्यको गुणस्तर सुधार्दै पहुँच वृद्धि गर्ने, रोजगारीको सिर्जना गर्ने, भौतिक र सामाजिक विकास गर्ने, प्रविधिधो विस्तार र पहुँच वृद्धि गर्ने, आधुनिक कृषि प्रणालीको विकास गर्ने, पर्यटनको प्रवर्द्धन गर्ने, खेलकुदको विकास गर्ने, उत्पादनमा जोड दिने, संस्कृतिको संरक्षण गर्ने जस्ता एजेन्डा अघि सारेका छन् ।

सो क्षेत्रमा माओवादीका उपमहासचिव हरिबोल गजुरेलले चुनाव जित्दै आएका थिए। तर, अन्तिम समयमा दाहालले टिकट फुत्काएपछि नेता गजुरेल असन्तुष्ट छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: