Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

खबरडबली संवाददाता

सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरू चपेटामा पर्दै गएको स्थानीय बताउँछन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ । 

तापक्रम वृद्धिको नयाँ गतिले दुई डिग्री सेल्सियस नाघ्ने जानकारहरूको प्रक्षेपण वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ । सगरमाथा क्षत्रेका खुम्बु हिमनदी छोटिँदै गएका छन् । यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष बरफ बिलाउँदै गएको जनाइएको छ । 

सगरमाथा आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूको अनुभव छ । आरोहीले आफूले लगेका खानेकुरा तथा बन्दोबस्तीका सबै सामग्रीहरू आधार शिविरमै छोडेर फर्किने गरेका छन् जसका कारण आधार शिविरमा फोहोरको मात्रा बढ्दै गएको र यसले पनि यहाँको तापमानमा असर गरेको छ । 

पछिल्लो एक दशकमा सगरमाथा आधार शिविर भासिँदै गएको करिब १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका साङ्गे शेर्पाले बताए । यसका कारण आधार शिविर क्रसर उद्योगजस्तो देखिन थालेको उनको भनाइ छ ।

'सगरमाथासहितका यस क्षेत्रका हिमालहरू कालो बन्दै गएको, हिमालमा जति हिउँ हुनुपर्ने हो त्यस्तो छैन । बेस क्याम्प नै पनि धेरै परिवर्तन भएको छ, बेस क्याम्प वर्षैपिच्छे खाल्डोमा परिणत हुँदै गएको छ, यो त राम्रो हैन नि,' पर्यटन व्यवसायी शेर्पाले भने । 

आधार शिविरमा पहिलो जाने क्रम बढ्दै गएको स्थानीय जानकारहरू बताउँछन् । विगतमा सम्म अवस्था रहेको आधार शिविरमा अहिले जताततै पहिरोका कारण खाल्डो देखिएको आधार शिविरमा भेटिएका अर्का व्यवासायी पेमारिन्जी शेर्पाले बताए । 'मलाई नै थाहा हुँदा पनि उहाँ बेस क्याम्प निकै चाउर थियो, सम्म परेको थियो तर अहिले त पूरै खाल्डोजस्तो भएको छ, पहिरोले गरेर यहाँको ग्लासियरहरू पनि घटदै गएको छ,' शेर्पाले भने ।

जलवायु परिवर्तनको असरले खुम्बु क्षेत्रको हिमालमा मात्रै नभएर बालीनाली र जनजीवनमा समेत प्रभाव परेको स्थानीयवासी बताउँछन् । विगतमा गहुँ, फापर, जौजस्ता बालीहरू प्रशस्त उत्पादन हुने खुम्जुङ, थामेलगायत ठाउँहरूमा पछिल्लो समय उब्जाउन नै नहुने गरेको खुम्जुङकी पासाङल्हामु शेर्पाले बताइन् । उब्जाउ शक्ति घटेसँगै खेती गर्ने कृषक नहुँदा अधिकांश बारीहरू बाँझो हुने क्रम बढेको उनको भनाइ छ ।

'यो खुम्जुङ क्षेत्रमा पहिला कति धेरै उवा, जौ, फापरहरू खेती हुन्थ्यो तर अहिले त रोपे पनि खासै फल्दैन त्यसैले होला अहिले त खेती गर्नै छोड्यो, सबै बारीहरू बाँझै छ अब त,' पासाङ ल्हामुले भनिन् ।

केही वर्षयता हिमाली भेगका महिलामा प्रजननसम्बन्धीका समस्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । महिनावारीको अवधि लम्बिने तथा बाँझोपनाको समस्या समेत बढी देखिने गरेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताइन् ।

कतिपय महिलाहरू स्वास्थ्य समस्या पालेरै बस्ने गर्दछन् भने स्वास्थ्य संस्था पुग्ने महिलामा प्रजनन समस्या लिने आउने गरेको उनको भनाइ छ । हिमालमा बेमौसमी हिमपातको क्रम बढ्दै गएको छ भने तापक्रमसमेत अस्वाभाविक रुपमा बढ्दै गएको स्थानीयको अनुभव छ । मङ्सिर, पुस, माघमा हिउँ नपरेर चैत, वैशाखमा हिउँ पर्ने गरेको लबुचेका सङ्गम राईले बताए । 

'यस वर्ष पनि चैत, वैशाखमा धेरै हिमपात भयो, जबकि त्यो हिमपात पुस, माघमा हुनुपर्थ्यो, समय त कति फेरियो फेरियो भनेर साध्यै छैन्,' उनले भने । शक्ति राष्ट्रहरूले सञ्चालन गरेको उद्योगहरूको असर हिमाली क्षेत्रमा परेको वातावरणविज्ञ डा. राजन थापाको भनाइ छ । यही तवरबाट निरन्तर अघि बढ्ने हो भन्ने नेपालका हिमालहरू केही दशकमै संकटमा पर्न सक्ने उनको चिन्ता छ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न विश्व समुदाय नै अग्रसर हुनुको विकल्प नरहेको उनको तर्क छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्योग वाणिज्य संघ नवलपुरको अध्यक्षमा सापकोटा

नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेत...

संसदीय छानविन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक कानून मन्त्रालयमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक अहिले बसिरहेको छ। कानून, न्याय तथा संसदीय मामिला ...

हिंसात्मक आक्रमणपछि किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात...

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी...

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई ...

ललितपुर आगलागी- दुई छोरी र आमापछि बुवा पनि रहेनन्

काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको हो।  म...

छानविन हुँदासम्म रविजी गृह मन्त्रालयमा बस्न मिल्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन्।  ...

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गर...

संसदीय छानविन समितिको टिओआर आज टुंग्याइँदै

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमति अनुसार संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) आज टुङ्गो लगाइँदैछ । संसद्को गतिरोध...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies