Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

खबरडबली संवाददाता

सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरू चपेटामा पर्दै गएको स्थानीय बताउँछन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ । 

तापक्रम वृद्धिको नयाँ गतिले दुई डिग्री सेल्सियस नाघ्ने जानकारहरूको प्रक्षेपण वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ । सगरमाथा क्षत्रेका खुम्बु हिमनदी छोटिँदै गएका छन् । यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष बरफ बिलाउँदै गएको जनाइएको छ । 

सगरमाथा आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूको अनुभव छ । आरोहीले आफूले लगेका खानेकुरा तथा बन्दोबस्तीका सबै सामग्रीहरू आधार शिविरमै छोडेर फर्किने गरेका छन् जसका कारण आधार शिविरमा फोहोरको मात्रा बढ्दै गएको र यसले पनि यहाँको तापमानमा असर गरेको छ । 

पछिल्लो एक दशकमा सगरमाथा आधार शिविर भासिँदै गएको करिब १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका साङ्गे शेर्पाले बताए । यसका कारण आधार शिविर क्रसर उद्योगजस्तो देखिन थालेको उनको भनाइ छ ।

'सगरमाथासहितका यस क्षेत्रका हिमालहरू कालो बन्दै गएको, हिमालमा जति हिउँ हुनुपर्ने हो त्यस्तो छैन । बेस क्याम्प नै पनि धेरै परिवर्तन भएको छ, बेस क्याम्प वर्षैपिच्छे खाल्डोमा परिणत हुँदै गएको छ, यो त राम्रो हैन नि,' पर्यटन व्यवसायी शेर्पाले भने । 

आधार शिविरमा पहिलो जाने क्रम बढ्दै गएको स्थानीय जानकारहरू बताउँछन् । विगतमा सम्म अवस्था रहेको आधार शिविरमा अहिले जताततै पहिरोका कारण खाल्डो देखिएको आधार शिविरमा भेटिएका अर्का व्यवासायी पेमारिन्जी शेर्पाले बताए । 'मलाई नै थाहा हुँदा पनि उहाँ बेस क्याम्प निकै चाउर थियो, सम्म परेको थियो तर अहिले त पूरै खाल्डोजस्तो भएको छ, पहिरोले गरेर यहाँको ग्लासियरहरू पनि घटदै गएको छ,' शेर्पाले भने ।

जलवायु परिवर्तनको असरले खुम्बु क्षेत्रको हिमालमा मात्रै नभएर बालीनाली र जनजीवनमा समेत प्रभाव परेको स्थानीयवासी बताउँछन् । विगतमा गहुँ, फापर, जौजस्ता बालीहरू प्रशस्त उत्पादन हुने खुम्जुङ, थामेलगायत ठाउँहरूमा पछिल्लो समय उब्जाउन नै नहुने गरेको खुम्जुङकी पासाङल्हामु शेर्पाले बताइन् । उब्जाउ शक्ति घटेसँगै खेती गर्ने कृषक नहुँदा अधिकांश बारीहरू बाँझो हुने क्रम बढेको उनको भनाइ छ ।

'यो खुम्जुङ क्षेत्रमा पहिला कति धेरै उवा, जौ, फापरहरू खेती हुन्थ्यो तर अहिले त रोपे पनि खासै फल्दैन त्यसैले होला अहिले त खेती गर्नै छोड्यो, सबै बारीहरू बाँझै छ अब त,' पासाङ ल्हामुले भनिन् ।

केही वर्षयता हिमाली भेगका महिलामा प्रजननसम्बन्धीका समस्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । महिनावारीको अवधि लम्बिने तथा बाँझोपनाको समस्या समेत बढी देखिने गरेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताइन् ।

कतिपय महिलाहरू स्वास्थ्य समस्या पालेरै बस्ने गर्दछन् भने स्वास्थ्य संस्था पुग्ने महिलामा प्रजनन समस्या लिने आउने गरेको उनको भनाइ छ । हिमालमा बेमौसमी हिमपातको क्रम बढ्दै गएको छ भने तापक्रमसमेत अस्वाभाविक रुपमा बढ्दै गएको स्थानीयको अनुभव छ । मङ्सिर, पुस, माघमा हिउँ नपरेर चैत, वैशाखमा हिउँ पर्ने गरेको लबुचेका सङ्गम राईले बताए । 

'यस वर्ष पनि चैत, वैशाखमा धेरै हिमपात भयो, जबकि त्यो हिमपात पुस, माघमा हुनुपर्थ्यो, समय त कति फेरियो फेरियो भनेर साध्यै छैन्,' उनले भने । शक्ति राष्ट्रहरूले सञ्चालन गरेको उद्योगहरूको असर हिमाली क्षेत्रमा परेको वातावरणविज्ञ डा. राजन थापाको भनाइ छ । यही तवरबाट निरन्तर अघि बढ्ने हो भन्ने नेपालका हिमालहरू केही दशकमै संकटमा पर्न सक्ने उनको चिन्ता छ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न विश्व समुदाय नै अग्रसर हुनुको विकल्प नरहेको उनको तर्क छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending