Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

खबरडबली संवाददाता

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान डेर लेनले सोमबार पेरिसमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि युक्रेनविरुद्ध रुसी युद्ध रोक्न बेइजिङको प्रभाव प्रयोग गर्न दबाब दिएका छन् ।

साथै उनीहरूले चिनियाँ नेतासँग निष्पक्ष विश्वव्यापी व्यापार नियमहरू स्वीकार गर्न पनि आग्रह गरेका छन् ।

सीको फ्रान्सको दुई दिने राजकीय भ्रमण सन् २०१९ यता पहिलो युरोप भ्रमण हो र भ्रमणका क्रममा उनले सर्बिया र हङ्गेरीमा पनि वार्ता गर्नेछ । विश्लेषकहरूले कुनै ठूलो सफलताको अपेक्षा नगरे पनि राष्ट्रपति सीले युक्रेनमा शान्ति पाउन चाहेको बताए ।

भान डेर लेनको उपस्थितिमा प्रारम्भिक त्रिपक्षीय बैठकको सुरुआतमा म्याक्रोनले युक्रेनलगायत ‘प्रमुख सङ्कटहरू’ मा बेइजिङसँगका समन्वय ‘पूर्णरूपमा निर्णायक’ भएको भन्दै युरोप–चीन व्यापारमा ‘सबैका लागि निष्पक्ष नियम’ को आग्रह गरे।

“हाम्रो महादेशको भविष्य स्पष्टरूपमा चीनसँग सन्तुलित तरिकाले सम्बन्ध विकास गर्ने हाम्रो क्षमतामा निर्भर हुनेछ”, म्याक्रोनले भने ।

चिनियाँ राष्ट्रपति सीले चीन र इयुले ‘साझेदार रहनुपर्छ’ र ‘रणनीतिक समन्वय गर्न’ र यसरी ‘विश्व शान्ति तथा विकासमा नयाँ योगदान दिनुपर्छ’ उनले भने, “युरोप र चीन दुवैको शान्ति र सुरक्षामा साझा चासो छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन नजिकैका सेनालाई संलग्न गर्दै आणविक हतियार अभ्यासको आदेश दिएको केही घन्टापछि भान डेर लेनले सी जिनपिङले रुसको आणविक धम्कीमा तनाव कम गर्न ‘महत्त्वपूर्ण भूमिका’ निर्वाह गर्नुहुनेछ भन्नेमा आफू ‘आश्वस्त’ रहेको पनि बताए ।

म्याक्रोन र भान डेर लेन दुवैले वार्तामा व्यापारलाई प्राथमिकता दिएको सङ्केत गरेका छन् ।  उनीहरूले युरोपले चीनसँगको आर्थिक सम्बन्धमा आफ्नो ‘रणनीतिक स्वार्थ’ को रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।  “युरोप आफ्नो अर्थतन्त्र र यसको सुरक्षालाई जोगाउन आवश्यक पर्ने कठोर निर्णय लिन पछि हट्ने छैन”, उनीहरुले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्योग वाणिज्य संघ नवलपुरको अध्यक्षमा सापकोटा

नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेत...

संसदीय छानविन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक कानून मन्त्रालयमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक अहिले बसिरहेको छ। कानून, न्याय तथा संसदीय मामिला ...

हिंसात्मक आक्रमणपछि किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात...

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी...

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई ...

ललितपुर आगलागी- दुई छोरी र आमापछि बुवा पनि रहेनन्

काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको हो।  म...

छानविन हुँदासम्म रविजी गृह मन्त्रालयमा बस्न मिल्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन्।  ...

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गर...

संसदीय छानविन समितिको टिओआर आज टुंग्याइँदै

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमति अनुसार संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) आज टुङ्गो लगाइँदैछ । संसद्को गतिरोध...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies