Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

खबरडबली संवाददाता

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान डेर लेनले सोमबार पेरिसमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि युक्रेनविरुद्ध रुसी युद्ध रोक्न बेइजिङको प्रभाव प्रयोग गर्न दबाब दिएका छन् ।

साथै उनीहरूले चिनियाँ नेतासँग निष्पक्ष विश्वव्यापी व्यापार नियमहरू स्वीकार गर्न पनि आग्रह गरेका छन् ।

सीको फ्रान्सको दुई दिने राजकीय भ्रमण सन् २०१९ यता पहिलो युरोप भ्रमण हो र भ्रमणका क्रममा उनले सर्बिया र हङ्गेरीमा पनि वार्ता गर्नेछ । विश्लेषकहरूले कुनै ठूलो सफलताको अपेक्षा नगरे पनि राष्ट्रपति सीले युक्रेनमा शान्ति पाउन चाहेको बताए ।

भान डेर लेनको उपस्थितिमा प्रारम्भिक त्रिपक्षीय बैठकको सुरुआतमा म्याक्रोनले युक्रेनलगायत ‘प्रमुख सङ्कटहरू’ मा बेइजिङसँगका समन्वय ‘पूर्णरूपमा निर्णायक’ भएको भन्दै युरोप–चीन व्यापारमा ‘सबैका लागि निष्पक्ष नियम’ को आग्रह गरे।

“हाम्रो महादेशको भविष्य स्पष्टरूपमा चीनसँग सन्तुलित तरिकाले सम्बन्ध विकास गर्ने हाम्रो क्षमतामा निर्भर हुनेछ”, म्याक्रोनले भने ।

चिनियाँ राष्ट्रपति सीले चीन र इयुले ‘साझेदार रहनुपर्छ’ र ‘रणनीतिक समन्वय गर्न’ र यसरी ‘विश्व शान्ति तथा विकासमा नयाँ योगदान दिनुपर्छ’ उनले भने, “युरोप र चीन दुवैको शान्ति र सुरक्षामा साझा चासो छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन नजिकैका सेनालाई संलग्न गर्दै आणविक हतियार अभ्यासको आदेश दिएको केही घन्टापछि भान डेर लेनले सी जिनपिङले रुसको आणविक धम्कीमा तनाव कम गर्न ‘महत्त्वपूर्ण भूमिका’ निर्वाह गर्नुहुनेछ भन्नेमा आफू ‘आश्वस्त’ रहेको पनि बताए ।

म्याक्रोन र भान डेर लेन दुवैले वार्तामा व्यापारलाई प्राथमिकता दिएको सङ्केत गरेका छन् ।  उनीहरूले युरोपले चीनसँगको आर्थिक सम्बन्धमा आफ्नो ‘रणनीतिक स्वार्थ’ को रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।  “युरोप आफ्नो अर्थतन्त्र र यसको सुरक्षालाई जोगाउन आवश्यक पर्ने कठोर निर्णय लिन पछि हट्ने छैन”, उनीहरुले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending