Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

माओवादीको प्रतिबद्धतापत्र : ३० लाख विदेशी पर्यटक भित्र्याउने आधार तयार गर्ने लक्ष्य

खबरडबली संवाददाता

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले मुलुकको आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार गर्ने लक्ष्य लिएको छ । आगामी निर्वाचनका लागि पार्टीको चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्दै माओवादी केन्द्रले कोभिड महामारीलगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी भ्रमण वर्ष कार्यक्रममार्फत ३० लाख पर्यटक भित्र्याउने आधार तयार गर्ने भएको हो ।

नेपालका पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचारप्रसार र बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरिनेछ । नेपालका विदेशस्थित नियोगलाई वार्षिक लक्ष्य तोकी पर्यटन प्रवद्र्धनमा परिचालित गरिने छ । ‘रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन’ भन्ने नाराका साथ माओवादी केन्द्रले पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवद्र्धन गरी दीगो पर्यटनको आधार तयार गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । उक्त प्रयोजनका निम्ति सम्बन्धित क्षेत्रअनुसारका पूर्वाधार र उपरी संरचना निर्माण गरिनेछ ।

भारतको राम जन्मभूमि र नेपालको जनकपुर, पशुपतिनाथ, स्वर्गद्वारी र हलेसीको हिन्दू सर्किटको भौतिक विकास र सुधार गरी विश्वभरिका हिन्दूहरूको धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धतापत्रमा भनिएको छ । त्यसैगरी नेपालको बुद्ध जन्मभूमि लुम्बिनीदेखि बुद्धको ज्ञान प्राप्ति भएको भारतको बोधगया र महापरिनिर्वाण भएका स्थानहरू जोड्ने बौद्ध सर्किटको प्रवद्र्धन गर्नुका साथै लुम्बिनीदेखि काठमाडौँको फर्पिङ पद्मसम्भव गुफा, स्वयम्भू, बौद्ध र नमोबुद्ध जोड्ने बौद्ध सर्किटको विकास गरी विश्वभरिका बौद्धहरूको धामिर्क पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरिनेछ ।

हरेक वर्ष बुद्धजयन्तीको दिन अन्तर्राष्ट्रिय बुद्ध महोत्सव आयोजना गरिने छ भने लुम्बिनीमा बुद्धमार्गीहरूको लागि अत्याधुनिक बर्थिङ सेन्टर स्थापना गरिने माओवादी केन्द्रले जनाएको छ । ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेल, धौलागिरि सेन्चुरीलगायत पदमार्गहरूमा पर्यटन पूर्वाधार निर्माण गरिनेछ । रुकुमको चुनवाङदेखि म्याग्दी बेनीसम्मको गुरिल्ला ट्रेललाई थप व्यवस्थित गरी युद्ध पर्यटनलाई प्रवद्र्धन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

 नयाँ गन्तव्यहरूको पहिचान र विकास गरिनुका साथै स्थानीय तहहरूसँगको सहकार्यमा हरेक प्रमुख बस्तीहरूमा स्थानीय विशेषतासहितको होमस्टे कार्यक्रम सञ्चालन गरिनेछ ।

हिमाल आरोहीलाई परिचयपत्र
माओवादी केन्द्रले चुनावी प्रतिबद्धतामार्फत हिमाल आरोहीहरूको वर्गीकरण गरी परिचयपत्र व्यवस्था मिलाइने जनाएको छ । हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिनुका साथै आरोहणका लागि हाल प्रतिबन्धित रहेका हिमालको अध्ययन गरी आरोहण खुला गर्ने व्यवस्था गरिनेछ ।

हिमालमा थुप्रिएको फोहर व्यवस्थापनका निम्ति ‘फोहरमुक्त हिमाल’ कार्यक्रम लागू गरिनेछ ।  पर्यटन क्षेत्र ऐन, २०३५ लगायत पर्यटन क्षेत्रका कानुनी तथा नीतिगत प्रावधानहरूलाई समयानुकूल परिमार्जन गरी पर्यटन क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिफलमुखी बनाउनतर्फ केन्द्रित गरिने प्रतिबद्धतापत्रमा समेटिएको छ ।

पर्यटन विश्वविद्यालय स्थापना गरी पर्यटनसम्बन्धी अध्यापन तथा प्रशिक्षणको व्यवस्था गरी हाल सञ्चालनमा रहेका विश्वविद्यालयमा पर्यटनसम्बन्धी विशिष्टिकृत विषय अध्यापनको व्यवस्था गरिने प्रतिबद्धता माओवादी केन्द्रको छ । नेपालको हवाइ यातायातलाई सुरक्षित बनाउन पूर्वाधार विकास, विमानस्थलको गुणस्तर वृद्धि, यान्त्रिक क्षमता विकासजस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने माओवादी केन्द्रले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

नेपालको हवाइ यातायातलाई असुरक्षित भनी सूचीकृत गरेका देश तथा एजेन्सीहरूसँग कूटनीतिक संवाद गरी सो सूचीबाट हटाइन, स्वरोजगारमुखी पर्यटन व्यवसायमा लाग्दै आएको करलाई सरलीकृत गरी एकद्वारा प्रणालीमा ल्याइ कर प्रणालीलाई व्यावहारिक र पर्यटनमैत्री बनाइनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार अवलोकन गर्दै, प्रधानमन्त्री कार्कीसँगपनि भेटवार्ता हुने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्तरखंडहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। ...

निर्वाचनको मिति सार्नु मुलुकलाई अनिश्चितताको दिशामा लैजानु हो: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत बनाउन निर्वाचन अपरिहार्य रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज...

बेनीघाटमा दुई बस ठोक्किँदा यात्रु घाइते, थप विवरण आउन बाँकी

काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानीमा आज दिउँसो करिब सवा १२ बजेतिर दुईवटा बस आपसमा ठोक्किएका छन्। घा...

गोवाको नाइट क्लबमा भीषण आगलागी, २५ जनाको दु:खद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आ...

मधेसमा मुख्यमन्त्री कृष्ण यादवद्वारा मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन नवनियुक्त मन्त्रीलाई समावेश गरेका छन्। नेपाली कां...

नवलपरासीको सरावलमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको  छ । प्रमुख प्रशासकीय अधिकृत श्रीप्र...

क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस जारी

काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रद...

अंशुको हत्यामा संलग्न भएको अभियोगमा एक जना पक्राउ

उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending