बागलुङ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए ।केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादीका जिल्ला इन्चार्ज वलावती शर्माले बताए ।आज सम्पन्न पाँच दलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले दस जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबन्डाको टुङ्गो सोही संयन्त्रले गर्ने नेकपा एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले बताए ।
कांग्रेसको घरदैलो र एमाले तथा माओवादीको कोणसभा
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बागलुङका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । जिल्लामा सत्तारूढ दल नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई अघि बढाएको छ ।
यस्तै नेकपा एमाले तथा माओवादी केन्द्रले गाउँमा आमभेला तथा कोणसभामा गर्न थालेका छन् । कांग्रेसले अहिले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको पार्टीका जिल्ला सभापति जीत शेरचनले बताउ। उसभापतिले घरदैलो कार्यक्रम सकेपछि उम्मेदवारी छनोटमा लाग्ने उनको भनाइ थियो । ‘घर घर जाऔँ कांग्रेसलाई जिताऔँ’ भन्ने हाम्रो नाराअनुसार घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सभापति शेरचनले भने, “उम्मेदवारी सिफरिसमा छलफल भइरहेको छ, अब लगत्तै दोस्रो चरणमा गाउँमा केन्द्रित अभियान सञ्चालनको तयारीमा छौँ, अब कांग्रेस आमसभामा केन्द्रित हुनेछ ।”
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन कार्यक्रमलाई गति दिन जनतासँग भेटघाट सकेर कोणसभा गर्ने तयारीमा लागेको छ । उक्त दलले टोल–टोलसम्म पहिलो चरणको निर्वाचन केन्द्रित अभियान सकेको जिल्लाका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले बताए । पहिलो चरणको घरदैलो, कोणसभा तथा जनभेटघाट सकिएको छ, दोस्रो चरणमा चुनाव केन्द्रित अभियानका विषयमा पुन: जिल्ला कमिटी बैठक बस्ने तयारी छ, बैठकको निर्णयपछि पुन: एमाले गाउँ फर्कनेछ । उहाँका अनुसार केन्द्रीय कमिटी जिल्लामा, प्रदेश कमिटी पालिकामा र जिल्ला कमिटी वडामा केन्द्रित हुनेगरी मापदण्ड बनाएर अगाडि बढ्ने एमालेको रणनीति रहेको छ ।
माओवादीले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएको छ । उक्त दलले कोणसभा गर्दै अगाडि बढेको नगर कमिटी सचिव राजु खड्काले बताए । यस्तै बागलुङमा राम्रो प्रभाव रहेको राष्ट्रिय जनमोर्चाले पनि चुनावी अभियानलाई तीव्र गति दिएको छ । बागलुङमा ठूला र साना गरी १९ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन
आषाढ़ ३० गते, २०८३ - १५:११
काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्या...
आषाढ़ ३० गते, २०८३ - १४:२५
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...



प्रतिकृया लेख्नुहोस्: