Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

वर्षभरिका लागि खाद्यान्न र ज्यामीको भाउ निर्धारण

रासस

गलेश्वर । म्याग्दीको एक गाउँमा भेला हुने गाउँबासीले वर्षभरिका लागि खाद्यान्न र ज्यामीको भाउ निर्धारण गर्ने र वर्षभरी सोही भाउमा खरिद बिक्री गर्ने चलन  अझै छ । 

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपलिका–४ मा पर्ने दर्मिजा गाउँ परम्परा, रीतिरिवाज र स्थानीयवासीको एकताका कारण व्यवस्थित गाउँको रुपमा परिचित छ ।

कसैले गाउँभेलाबाट पारित भएको नियम उल्लङ्घन गरेर आँफूखुसी मूल्य निर्धारण गरी खरिद विक्री गरे गाउँलेहरुले कारबाही गर्ने गर्दछन् ।

हरेक वर्षको माघेसङ्क्रान्तिका दिन गाउँलेको भेलाले अर्को वर्षको माघेसङ्क्रान्तिसम्मका लागि गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी–मजदूरको ज्याला निर्धारण गर्ने गर्छ । 

गाउँ भेलाले पारित गरेको उक्त निर्णय विपरीत आफूखुशी गर्नेलाई सामाजिक बहिष्कारसम्मको  कारबाही हुने गरेको  सोही वडाका अगुवा तबहादुर शेरपुर्जाले बताए ।

यस वर्षको माघे सङ्क्रान्तिमा पनि गाउँलेको भेलाले खाद्यवस्तुको भाउ र ज्याला मजदूरी गर्नेको ज्याला निर्धारण गरेको  वडासदस्य धनबहादुर गर्वुजाले जानकारी दिए । उनका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी रु १५०।,कोदो र धान रु २००।, जौ रु १५०।,गहुँ र उवा रु २००। मूल्य निर्धारण गरिएको छ ।

यसैगरी भटमास प्रतिपाथी रु ४००।, फापर रु १५०।, सिमी रु ६००।, आलु र पीडालुरु १५०। का साथै बेसार प्रतिमाना रु १५०। र रक्सी जम्बो बोतललाई रु १३०। निर्धारण गरिएको छ ।

त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति रु ७००।, हल गोरु ज्याला रु एक हजार, साधारण खेताला ज्याला रु ५००।, इलेक्ट्रिसियन ज्याला रु ८००, सिकर्मी ज्याला  रु ८००।, सिमेण्ट प्लाष्टर प्रतिव्यक्ति रु ८०० निर्धारण गरिएको छ ।

त्यस्तै लोकल मह र घिउ प्रतिमाना रु ६००। र दाउरा काट्ने खेतालाको ज्याला रु ५००। निर्धारण गरिएको वडासदस्य गर्बुजाले बताए । गाउँमा उत्पादन हुने र बाहिरबाट आयत गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी भएको वडाअध्यक्ष रुकबहादुर गर्वुजाको भनाइ थियो  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending