Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

आयोगको पारदर्शिता बलियो बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।

गण्डकी प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सव समारोहको आज पोखरामा उद्घाटन गर्दै उनले आयोगले  आफूले अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताका मूल्य मान्यताको आधारमा प्रतिस्पर्धात्मक परीक्षा पद्धतिको माध्यमबाट योग्यतम व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास नागरिकमा दिलाएको बताए ।  उक्त विश्वासमा अझै उचाइ थप्न गण्डकी प्रदेश लोकसेवा आयोग सफल हुने उनले विश्वास व्यक्त गरे । 

स्थानीय सार्वजनिक प्रशासनलाई सक्षम र सुदृढ बनाउन प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा कर्मचारी छनोट गर्ने दायित्व पूरा गर्दा आयोगका मूल्यमान्यतालाई आत्मसात् गरी योग्य व्यक्ति छनोट गर्ने कुरामा आयोग परिवार कटिबद्ध भएर लाग्ने गुरुङले बताए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयतालाई चिनाउनका लागि प्रदेश लोकसेवा आयोगको भूमिका महत्वपूर्ण हुने बताए । सुशासनका लागि सक्षम, सवल कर्मचारीतन्त्र आवश्यक हुनेमा जोड दिँदै उनले प्रदेश लोकसेवा आयोगले यहाँको आवश्यकताअनुसार सक्षम जनशक्ति दिने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशले अरु क्षेत्रमा जस्तै प्रशासनिक क्षेत्रमा पनि नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै प्रदेश लोकसेवा आयोगले योग्यता, दक्षतायुक्त जनशक्ति पठाउने बताए । आयोग स्थापनाको एक वर्षमा भएका कामकारबाही प्रशंसनीय भएको उनको भनाइ थियो । 

प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल बन्ने विश्वास व्यक्त गरे  ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले सङ्घीय निजामती ऐन बन्न नसक्दा समस्या आएको बताए । आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आयोगले आफ्ना काम अघि बढाएको र निष्पक्षता, पारदर्शितालगायत विषयमा आयोग प्रतिबद्ध भएको बताए । कार्यक्रममा आयोगका सदस्यद्वय योगेन्द्र गौचन र कल्पना लम्साल, प्रदेश लोकसेवा आयोग प्रदेश १ का अध्यक्ष उत्तमकुमार भट्टराईलगायतले आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उक्त अवसरमा  उत्कृष्ट कर्मचारी शाखा अधिकृत सन्दीप ढुङ्गानालाई सम्मान गरिएको थियो भने आयोगको स्मारिका लोकार्पण गरिएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending