Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

व्यावसायिक माछापालनमा किसानको आकर्षण

खबरडबली संवाददाता

बलेवा । दश वर्षदेखि माछापालन गरिरहेका रुद्र पौडेल माछापोखरी विस्तारको तयारीमा छन् । बागलुङ नगरपालिका–१२ को पात्लेखेतमा उनका चार पोखरी छन् । पौडेलले अझै केही पोखरी विस्तार गरेर व्यावसायिक माछापालन थाल्दै छन् । 

परम्परागत शैलीमा माछा पाल्दै अाएका पौडेलले माछापालनसम्बन्धी थप ज्ञानको महसुस गरे  । नगरपालिकाले सुरु गरेको तीनदिने माछापालनसम्बन्धी सीपमूलक तालिममा पौडेल सहभागी भएका छन् । “आजसम्म भनेको आधारमा गरियो, अब ज्ञान लिएर व्यावसायिक हिसाबले माछा पाल्ने सोँच छ”, पौडेल  भन्छन् ।

बागलुङ–३ को तरकारी गाउँमा १० वर्षदेखि माछा पालिरहेका गङ्गाबहादुर थापाले ट्राउट माछा पाल्ने योजना बताएका छन् ।  चिसो पानीमा मात्रै हुने ट्राउट माछाको व्यावसायिक पालनका लागि उपयुक्त ठाउँ भेटेपछि थापाले माछा पालनसम्बन्धी ज्ञानको खोजी गरे । नगरपालिकाको तालिममा थापा पनि सहभागी भएका छन्  । 

नगरपालिकाले आयोजना गरेको तीनदिने तालिममा पौडेल र थापाजस्ता केही पुराना तथा केही नयाँ व्यवसाय थाल्ने किसानको उत्साहजनक सहभागिता छ । पुराना किसानले सीप खोज्दै छन्भने नयाँ किसान सीप सिकेर व्यवसाय गर्ने तयारीमा छन् । नगरपालिकाले आयोजना गरेको तालिममा सहभागी झण्डै ३० किसानको व्यावसायिक माछा पालेर आम्दानी बढाउने एउटै लक्ष्य छ ।

बागलुङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदो छ । पाल्नका लागि सजिलो र उत्पादन राम्रो दिने भएकाले माछापालनमा किसानको आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषि सापकोटाले बताए । उनल पछिल्लो समय माछाको माग बढ्दै गएकाले किसानको आकर्षण माछामा रहेको बताए । सरकारी अनुदान र सीप हस्तान्तरणले किसानलाई सघाएको उनको धारणा थियो ।

बाँझो जग्गाको सदुपयोग गर्ने, स्थानीय दानाको प्रयोग गर्ने र उत्पादन लिनेगरी किसान माछापालनमा आकर्षित भएको नगर प्रमुख जनकराज पौडेलले बताए । अहिले पनि विदेशबाट माछा आयात हुने गरेको जनाउँदै पौडेलले माछाको उत्पादन र बजारीकरण बढाउन किसानलाई आग्रह गरे । “हामीले उत्पादनमा अनुदान र सीपमूलक तालिममा सहयोग गरेका छौँ, किसानले मेहेनत गरेर उत्पादन गर्नुहुन्छ”, पौडेल भने, “यो पनि एउटा सजिलो व्यवसाय हो ।”

माछा विज्ञ गायत्रीराज वाग्लेले माछापालन र खाने शैलीमा परिवर्तन आवश्यक रहेको बताए  । स्वास्थ्यका हिसाबले माछा खानु उपयुक्त रहेको उदाहरण दिँदै उनले सीपको अभावमा माछाको उत्पादनमा लागेका किसान निरुत्साहित हुने गरेको बताए । माछा पाल्न र खान दुवै हिसाबले फाइदाजनक रहेको उनले सुनाए  । तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण वाग्लेले गर्नेछन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending