Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नुवाकोटमा बढ्यो कोेरोना : अस्पतालदेखि प्रशासनका कर्मचारीसम्म संक्रमित

खबरडबली संवाददाता

नुवाकोट । नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ ।

नुवाकोटको त्रिशूली अस्पतालमा दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।  कोरोना नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेर सेवा पुर्‍याउने अधिकांश चिकित्सक–स्वास्थ्यकर्मी भाइरसबाट सङ्क्रमित भएका छन् । 

‘अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीलाई लक्षणसहितको समस्या देखिएसँगै गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ’ अस्पतालका मेसु पाण्डेले भने, ‘जाँच गराउन आउने बिरामीको दर बढिरहेको समयमा स्वास्थ्यकर्मी आफै सङ्क्रमित भएकाले सेवा दिन कठिनाइ भएको छ ।’

अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत तीन विशेषज्ञ चिकित्सकलाई कोरोना सङ्क्रमण भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले सूचना जारी गर्दै उक्त विभागबाट उपलब्ध गराइने विशेषज्ञ सेवा केही दिनका लागि प्रभावित भएको जानकारी दिएको हो । 

मानिसको भीडभाड बढेको र स्वास्थ्य मापदण्डको पालना नहुँदा सङ्क्रमणदर बढेसँगै सामान्य प्रकृतिका बिरामी तथा केही समयपछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई अहिले अस्पतालमा नआउन अनुरोध गरिएको छ ।

प्रशासनका कर्मचारी पनि संक्रमित 

जिल्ला प्रशासन कार्यालय नुवाकोटका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको तथा केहीलाई रोगसँग मिल्दोजुल्दो लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएको छ । जिल्लामा सेवा प्रवाहका लागि महत्वपूर्ण निकायका रूपमा रहेको प्रशासनका कर्मचारीमा कोरोना देखिएकाले अत्यावश्यक परेकाका लागि मात्रै सेवा लिन आउन अनुरोध गरिएको छ ।

प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्यालयको अग्रस्थानमा रहेर सेवा पु¥याउँदै आएका केही कर्मचारीमा लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएकाले सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । सङ्क्रमणका कारण कर्मचारी आइसोलेशनमा बसेसँगै जनशक्ति नहुँदा सेवा थप प्रभावित हुनसक्ने भएकाले अत्यावश्यक सेवाका लागि मात्रै आउन सेवाग्राहीलाई आग्रह गरिएको हो । 

अत्यावश्यक सेवा लिनका लागि मात्र आउन प्रशासनले अनुरोध गरे पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, राष्ट्रिय परिचयपत्र, लामो समय रोकेर एक साताअघिदेखि सुरु गरिएको विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भने दैनिक १०० भन्दा बढी पुग्ने गरेका छन् । नुवाकोटमा कोरोनाका सक्रिय सङ्क्रमित सोमबारसम्ममा १०१ जना पुगेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending