काठमाडौं। नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीतका गतिविधि गरिरहेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले राज्य शक्तिको दुरुपयोग गर्दै प्रेस र विपक्षीको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए।
उनले प्रेस स्वतन्त्रतामाथि राज्यको हस्तक्षेप लोकतन्त्रका लागि चिन्ताजनक भएको उल्लेख गर्दै विपक्षी दलका सभापतिको घरअगाडि सुरक्षाको नाममा अवरोध सिर्जना गरिएको घटनाले सरकारको अधिनायकवादी प्रवृत्ति उजागर गरेको दाबी गरे।
“विपक्षी दलका सभापतिको घर घेर्नु र प्रश्न उठाउनेहरूको मुख थुन्न खोज्नु स्वीकार्य हुन सक्दैन,” चालिसेले भने। उनले संविधान र कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकार पनि त्यसबाट माथि हुन नसक्ने टिप्पणी गरे।
प्रवक्ता चालिसेले वर्तमान सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाए। विशेषगरी राहदानी (पासपोर्ट) खरिद प्रक्रियामा पारदर्शिताको अभाव देखिएको उल्लेख गर्दै त्यसबारे निष्पक्ष र तथ्यपरक छानबिन हुनुपर्ने माग गरे।
उनका अनुसार पछिल्ला घटनाले सरकारको नियत र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। सुशासनको प्रतिबद्धता व्यक्त गर्ने सरकारले नै अपारदर्शी निर्णय गरेको भन्दै उनले त्यसको जवाफदेहिता खोज्नुपर्ने बताए।
कांग्रेसले सरकारले संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा विपक्षीप्रति लोकतान्त्रिक व्यवहार अपनाउन आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - १५:५०
पोखरा। कास्कीको चर्चित पर्यटकीय क्षेत्र मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा ...
श्रावण २० गते, २०८३ - १५:२४
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकार गठनसँग जोडिएको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पा...
श्रावण २० गते, २०८३ - १५:१५
सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्...
श्रावण २० गते, २०८३ - १४:५२
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्ने दाबीबारे तीन अन्तर्राष्ट्रिय मा...
श्रावण २० गते, २०८३ - १४:४०
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र...
श्रावण २० गते, २०८३ - १४:३१
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोगको दबाब परेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार स...
श्रावण २० गते, २०८३ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिले लोकतन्त्र, सुशासन, प्रेस स्वतन्त्रता र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको भन्दै सरकारसँग १० बुँद...
श्रावण २० गते, २०८३ - १४:१८
ओखलढुङ्गा। ओखलढुङ्गामा आर्थिक वर्ष २०८२/८३ मा जटिल स्वास्थ्य समस्या भएका १४ गर्भवती तथा सुत्केरी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेल...
श्रावण २० गते, २०८३ - १४:१४
काठमाडौँ। सरकारले इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीको दूरसञ्चार सेवा शुल्क, सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ)बापतको बक्यौता ...
श्रावण २० गते, २०८३ - १४:०७
काठमाडौं। नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीतका गतिविधि गरिरहेको आरोप लगाउँदै गम्भ...



प्रतिकृया लेख्नुहोस्: