स्याङ्जा । यहाँको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएकाको परिवारलाई २५ हजार उपलब्ध गराएको छ । नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत केही रकम उपलब्ध गराउँदै आएको जनाएको छ ।
कोभिड–१९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावकका रुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालका लागि राहत र काजकिरियाका लागि रकम उपलब्ध गराएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।
नगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय गरी राहतस्वरुप उपलब्ध गराइएको उनको भनाइ छ।
नगरपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए। उनले भने, ‘चालु आर्थिक वर्षको सुरुआतबाट राहत र काजकिरियाका लागि रु २५ हजार उपलब्ध गराउन सुरु गरेका हौँ।’
गत पुसको १५ सम्ममा ४९ जनाले लगेको र ६० भन्दा धेरै रहेको उनले बताए। नगरपालिकाले गत पुस १५ सम्ममा ४९ जनालाई राहत र काजकिरियाबापत १२ लाख २५ हजार उपलब्ध गराइसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए।
भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्युदर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि मृतकको परिवारभित्रको सदस्यलाई रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८२ - ०९:३२
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने जोड दिएका छन्। नेपाल खेलकुद महासङ्घको...
कार्तिक २९ गते, २०८२ - ०९:२६
काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय भवन संहिता (कोड) परिमार्जन गरी लागू गरेको छ। पुरानो कोडमा रहेक...
कार्तिक २९ गते, २०८२ - ०९:२२
काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्बन्धी जारी विवादमा सहमति खोज्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बसाउँदैछ। २१ फागुनमा तय भएको निर्वाचनलाई...
कार्तिक २९ गते, २०८२ - ०९:१६
पूर्वगृहमन्त्री लेखक भन्छन्- मिडियाबाट सुनेको आधारमा सरकारको निर्णय मानिदिनुपर्ने ?
कार्तिक २९ गते, २०८२ - ०८:२३
काठमाडौं । मधेश प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले खारेज गरेकी छन्। सभामुखविरुद्ध...
कार्तिक २९ गते, २०८२ - ०८:१४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष...
कार्तिक २९ गते, २०८२ - ०८:०७
ढोरपाटन (बागलुङ) । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने ...
कार्तिक २९ गते, २०८२ - ०८:०१
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा करिब दुई दशकअघिसम्म फर्निचरको काम गर्थे । परिवार पाल्न मुस्किल भएपछि ...
कार्तिक २९ गते, २०८२ - ०७:५६
काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र ग...
कार्तिक २९ गते, २०८२ - ०७:४९
बाँके । नेपालगन्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्व...




प्रतिकृया लेख्नुहोस्: