Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

माओवादीमा महासचिवको सकस : को पर्ला प्रचण्डको रोजाइमा ?

जनार्दन र वर्षमानको प्रतिस्पर्धाले हुनसक्छ पम्फाको भाग्योदय

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारबाट काठमाडौंमा जारी छ। महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान पारित गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ। 

अध्यक्षमा पुनः प्रचण्ड नै दोहोरिने निश्चित भएपनि अध्यक्षपछिको जिम्मेवार महासचिव पदमा को आउला? भन्ने आम चासोको बिषय बनेको छ। अहिले महासचिव बन्नेलाई प्रचण्डपछिको उत्तराधिकारीको रुपमा हेर्ने भएकाले महासचिवमा धेरैको चासाे बढेको हो। 

माओवादीले नेतृत्व चयनमा सर्वसम्मत नभए निर्वाचनमा जाने बताइरहँदा महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल र कृष्णबहादुर महराको चर्चा छ। 

प्रचण्डको विश्वास प्राप्त नेताहरु नै महासचिवमा आकांक्षा व्यक्त गर्दैगर्दा प्रचण्डलाई व्यक्ति चयनमा सकस पर्ने देखिन्छ। महाधिवेशनमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । 

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।  

महासचिवमा चर्चा रहेका चारमध्ये शर्मा र पुनको सम्भावना ज्यादा छ। महरा र भुसाल उपाध्यक्ष बनाउने माओवादी वृत्तमा चर्चा छ। त्यसो त भुसालको सम्भावना पनि कमजोर भइरहेको छैन। शर्मा र पुनबीच प्रतिस्पर्धा चलिरहे समावेशको रुपमा भुसालको भाग्योदय हुनसक्ने सम्भावना पनि देखिएको छ। 

तर, महासचिव कसलाई बनाउने भन्ने विषयमा कार्यकर्ता पंक्ति भने विभाजित हुन थालिसकेको छ। प्रचण्ड महासचिव चयनको विषयले यो मानसिक विभाजन अरु नबढोस् भन्ने पक्षमा छन्। कार्यकर्ता पंशक्तिबाट शर्मा या पुन भनेर विभाजित भइरहेको अवस्थामा प्रचण्डले तेस्रो व्यक्तिको रुपमा भुसालको नाम लिनसक्ने आलकन गर्न थालिएको छ। 

जनयुद्ध सुरु हुनुअघि नै तत्कालिन मशालको खुला मोर्चा संयुक्त जनमोर्चाको अध्यक्ष रहिसकेकी भुसाल शान्ति प्रक्रियामा आउनुअघिसम्म माओवादी नेतृत्वपंक्तिको वरियतामा पुन भन्दा अगाडि थिइन्, शर्मा भन्दा अहिलेपनि वरियतामा अगाडि नै छिन्। 

भुसाल २०५१ मा नै माओवादीको केन्द्रीय सदस्य बनिसकेकी थिइन् भने पुन र शर्मा २०५४–५५ मा केन्द्रीय सदस्य बनेका हुन्।  प्रतिनिधि सभाको तेस्रो ठूलो दलको महासचिव महिलालाई बनाउँदा राष्ट्रिय राजनीतिमा फरक सन्देश जाने र पार्टीको पक्षमा आधा आकाश ढाक्ने महिलाहरुको आकर्षण बढ्ने भएकाले पनि महासचिवमा भुसालले बाजी मार्ने सम्भावना अझै छ। 

पुन वा शर्मामध्ये एकलाई चयन गर्ने स्थितिमा भने पुनले बाजी मार्न सक्छन्। एमाओवादी कालमा सचिव भइसकेकाले बरियतामा शर्मा भन्दा माथि रहेका, अपेक्षाकृत युवा, वैचारिक दृष्टिले सवल, अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिको ज्ञान, अध्यक्ष प्रचण्डले निरन्तर भरोसा गरेको नेता भएका कारण उनी प्रचण्डको रोजाईमा पर्न सक्छन्। 

जटिल खालको जण्डिस रोगका कारण उपचारका लागि ब्याङ्कक पुगेका पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि चीनको सेन्जेन लगिएको थियो। महाधिवेशनका लागि स्वदेश फर्कने तयारीमा थिए उनी। तर, स्वास्थ्यमा थप समस्या देखिएपछि उतै रहेकाले उनी महाधिवेशनमा उपस्थिति हुन सकेनन्। 

त्यसो त महासचिवमा शर्माको सम्भावना पनि उत्तिकै बलियो छ। पुनको अनुपस्थितीमा निर्वाचन नै हुने अवस्था आएपछि शर्माको पल्लाभारी पर्ने देखिएको छ। प्रचण्डलाई सर्वसहमतिमै नेतृत्व चयन गर्न महासचिव बाहेक अन्य पदमा ठुलो समस्या पर्ने देखिएको छैन। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending