Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

...त्यसपछि खाेजीयाे राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’ !

‘एजेण्डाका हिसाबले अब्बल, कार्यान्वयनको तहमा नेतृत्व कमजोर’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान (ब्राण्ड)को खोजी गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव भइरहेका बेला राष्ट्रियस्तरमै त्यो ब्राण्डको खोजी भएको हो । 

संविधानसभाबाट संविधान माओवादीको एजेण्डा थियो, पूरा पनि भयो । नेपाली जनताले संविधानसभामार्फत संविधान निर्माण गर्ने अवसर प्राप्त गरे । नेपालमा शान्ति प्रक्रिया मौलिक ढङ्गले पूरा भयो । केही काम अझै पनि बाँकी छ । त्यसलाई शीघ्र पूर्णतामा लैजानुपर्ने दायित्व माओवादीकै काँधमा छ तर ढिला भएको छ । उद्घाटन शत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको भूमिकाको उच्च प्रशंसा गर्दै जनता र देशका पक्षमा थप क्रियाशिल हुन माओवादी नेतृत्वको ध्यानकर्षण गराए । 

जनयुद्धकालीन सहयात्री सिपी गजुरलले केही शर्तहरू राख्दै फेरि पनि माओवादीहरूका बीचमा एकताको आवश्यकता औँल्याए । एमालेका महासचिव शङ्कर पोखरेलले ठूलो मेहनतका साथ नेकपा गठन भए पनि एकता जोगाउन नसक्नुको कारणहरूको खोजी गर्नुपर्ने धारणा राखे। 

नेकपा मालेका महासचिवले त जनयुद्धकालीन एजेण्डाको स्मरण मात्रै गराउनु भएन, लक्ष्यमा कहाँकहाँ चुक्यो भनेर माओवादी नेतृत्वले खोजी गर्नुपर्ने सुझाव दिए । समग्रमा सबै नेताहरूका एउटै मनोभावना थियो, माओवादीले आफ्नो एजेण्डा के कति पूरा ग¥यो र के कति एजेण्डा अझै पनि बाँकी छ भन्ने खोजी गर्न ध्यानाकर्षण गराए । 

टुटफुट र विभाजनको चक्रब्यूहमा फसेको भए पनि जनयुद्धकालीन माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै वरीपरी केन्द्रित छ भन्ने यथार्थ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा प्रष्ट देखियो । जनयुद्धकालीन १७ नेताले पार्टी छाडेको, नौ जना उच्च नेताले शहादत प्राप्त गरेको भए पनि सहिद, बेपत्ता परिवार, घाइते योद्धा सबैको आश अझै पनि माओवादीप्रति नै छ ।  

एजेण्डाका हिसाबले माओवादी अब्बल देखिए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भने अनुसार नेतृत्व गर्न सकेको छैन । यद्यपी, नेपालको राजनीतिक परिवर्तनको भूमिकामा माओवादी शीर्ष स्थानमा छ । नेतृत्वमा नै छ । 

यही सन्दर्भ जोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बलमा नै संविधानसभाबाट संविधान बनेको ऐतिहासिक तथ्यलाई स्मरण गराए । प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौँ । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

माओवादीकै नेता नारायणकाजी श्रेष्ठ र मातृकाप्रसाद यादवले पनि पार्टीको चिन्ता गरे । उनले माओवादीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने ‘प्रेसक्रिप्सन’ प्रस्तुत गरे । साङ्गठनिक कर्मकाण्ड पूरा गर्न मात्रै माओवादीको आयोजना नगरिएको भन्दै नेता श्रेष्ठले माओवादीले गर्नुपर्ने विभिन्न पाँच वटा कामका बारेमा उद्घाटन शत्रलाई जानकारी गराए । 

अर्का नेता यादवले कोही कसैले छाड भन्दैमा क्रान्तिकारी नेतृत्वले छाड्न नमिल्ने र नेतृत्वको पुस्तान्तरण भन्ने कुरा पूँजीवादीको भएको बताए । उनले भने, ‘अहिले चलेको पुस्तान्तरणको कुरा पूँजीवादीहरूका कुरा हुन् । बुढाले छाड्नुप¥यो र नयाँलाई दिनप¥यो । स्थापित नेतालाई पाखा लगाइदिने अनि केही नजान्नेलाई नेता बनाइदिने’ नेता यादवले पार्टी र क्रान्तिको चिन्ता गर्दै अगाडि भने, ‘फेस र एजले मात्रै नेतृत्व हुँदैन ।’

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरलले पनि माओवादीको पहिचान स्मरण गर्न सुझाव दिए । उनले जनयुद्ध सुरु गर्दा ताकाको केन्द्रीय समितिले गरेको प्रतिबद्धता सम्झन विशेष गरी प्रचण्डलाई सुझाव दिनुभयो । राष्ट्रियता, जनजीविकाको विषयमा प्रष्ट भएर आए माओवादीसँग पुनः एकता हुने उनको भनाइ थियो । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनयुद्धकालीन दिनहरू स्मरण गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहको बलमा गणतन्त्र र सङ्घीयता स्थापना भएको तथ्य पेश गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कतिपय एजेण्डा पूरा हुन नसकेको भन्दै पहिचानको खोजी गरे। 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि माओवादीको मूल्य र मान्यताको खोजी गर्नुभयो । उहाँले संविधानमा सबैथोक भए पनि केही नभएको जस्तो भएको भन्दै संविधानलाई पूर्ण बनाउन सके माओवादी नै सफल हुने धारणा राखे । 

मालेका महासचिव मैनालीले त व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेकामा जनगुनासो व्याप्त रहेको भन्दै नेपाली राष्ट्रिय जनक्रान्तिको मौलिक बाटो कुन हो भनेर माओवादी नेतृत्वलाई नै प्रश्न गरे । सबै नेताका धारणा सुनिसकेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टी एकता जोगाउन नसकेको र माओवादी आन्दोलन कमजोर भएको विषयमा आत्मसमीक्षा गर्ने दृढता व्यक्त गरे। माओवादी अरु कारणले होइन मेरो आफ्नै कारणले बिग्रिएको भन्दै अब आफैँबाट सच्याउन सुरु गर्ने अध्यक्ष प्रचण्डको स्वीकारोक्ति थियो । 

माओवादीका स्थायी समिति सदस्य पम्फा भुसालले पनि समाजवाद उनमुखसमाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौँ महाधिवेशनको मुख्य उद्देश्य रहेको भन्दै माओवादी अब खास रुपमा माओवादीको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे। पार्टी भित्रका नेतादेखि बाहिरका नेताहरूले समेत माओवादीको पहिचान खोजेको सन्दर्भमा महाधिवेशनबाट माओवादी कुन रुपमा प्रस्तुत हुन्छ भन्ने चासो र जिज्ञासा पैदा गरिदिएको छ । 

माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौँ महाधिवेशनले गर्नेछ । देश, जनताको विश्वासलाई कुन रुपमा माओवादीले सम्बोधन गर्ला भन्ने चासो यतिबेला आम जनमानसमा रहेको छ । कर्मकाण्डी रुपमा अधिवेशन सकिएला वा माओवादीलेभने जस्तै केही नयाँ रुपमा आउला त्यो भने पुस १५ गतेसम्म पुग्दा नै स्पष्ट भइसक्नेछ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending