काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग लेवनानका अवैतनिक महावाणिज्यदूतएल शेख मोहमद गोजायलले शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा लेवनानमा कार्यरत नेपाली श्रमिकहरुको सुरक्षा र व्यवस्थापनको बिषयमा छलफल छ। मन्त्री श्रेष्ठले नेपाल र लेवनानबीचको सम्बन्ध सुदृढ बनाउन गोजायललेखेल्नुभएको भुमिकाको प्रशंसा गर्नुहुँदै धन्यवाद व्यक्त गरे।
नेपाल र लेवनान दुवै देश संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन तथाजी ७७ का सदस्य देश रहेकोले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय फोरमहरुमा एकै किसिमका एजेण्डा हुने गरेको स्मरण गरे।
महावाणिज्यदूत गोजायलले लेवनान सरकारले सरकारी स्तरमा श्रम समझदारी पत्रमा हस्ताक्षरका लागि यसअघि गरेको प्रस्तावबारे निर्णय गर्न आग्रह गरेको बताए।
लेवनानमा रहेका नेपालीहरुकोसुरक्षा तथा समस्या समाधानका लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक हुने गोजायलले बताए। श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न सरोकारवालाहरुसँग वृहत छलफल गरी छिटो टुङ्गोमा पुगिने मन्त्री श्रेष्ठको भनाइ छ।
पछिल्लो समय लेवनान नेपाली श्रमिकहरुको लागि राम्रो गन्तव्य मुलुकको रुपमा रहेको छ ।नेपाल र लेवनानबीच सन् १९६३ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले लेवनानमा संयुक्त राष्ट्रसंघ मार्फत शान्तिसेना पनि पठाउदै आएको छ ।
शान्ति सेनाले त्यहाँ रहेका सीमान्त समुदायलाई सहयोग गर्नुका साथै शान्ति स्थापनाको प्रक्रियामा सहयोग गर्दै आएको छ । भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले लेवनानको शान्ति प्रकृया सफलताको शुभकामना पनि दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८० - ०९:३६
काठमाडौं । देशैभर अझै दुईरतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चि...
चैत्र १५ गते, २०८० - ०९:२५
काठमाडौं । नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा र...
चैत्र १५ गते, २०८० - ०९:१७
म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमा...
चैत्र १५ गते, २०८० - ०८:३१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक ब...
चैत्र १५ गते, २०८० - ०८:२६
दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नग...
चैत्र १५ गते, २०८० - ०८:२०
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेल...
चैत्र १५ गते, २०८० - ०७:५८
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक )एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार ब...
चैत्र १५ गते, २०८० - ०७:५२
काठमाडौं । नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुने भएको छ। अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केप...
चैत्र १५ गते, २०८० - ०७:३८
काठमाडौं । मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्यान्न १६ प्रतिशत...
चैत्र १५ गते, २०८० - ०७:३३
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै स...
प्रतिकृया लेख्नुहोस्: