रामेछाप । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधन गर्न संविधानमा भएको व्यवस्थालाई कायान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिएकी छन्।
रामेछापको सुनापति गाउपालिका ४ को दोस्रो वडा सम्मेलन घोषणासभा तथा सहिद बाबुराम तामाङको शालिक अनावरण समारोहमा मन्त्री श्रेष्ठले अबको केही समयभित्रै भू–उपयोग नियमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर व्यवसायिक कृषि र उत्पादनमा वृृद्धी हुने विश्वास व्यक्त गरिन्।
अबका दिनमा शहकारीको माध्यमबाट युवा स्वरोजगार बढाउन मन्त्रालयले हल शुरु गरिसकेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले भनिन्, ‘भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिहरुबाट भएका कामहरुलाई ग्रहण गरेर सबैभन्दा धेरै काम भएका ठाउँबाट काम सम्पन्न गर्ने तथा थोरै स्रोत साधनबाट पनि छिटो काम सम्पन्न गर्ने र कामहरुलाई छिटो पूर्णता दिने गरी आपूmले कामको थालनी गरिसकेको र त्यसपछी बाँकी काम गर्दै जाने छौ।’
हलिया कमैया, कमली तथा हरुवा चरुवाको समस्या समाधान पीडितसँग आफूले छलफल सुरु गरिसकेको र छिट्टै एउटा कार्यदल बनाएर त्यसको सत्यतथ्यका आधारमा दिएको प्रतिवेदन अनुसार काम सुरु गर्ने बताइन्।
रामेछाप जिल्ला कृषि तथा फलफुलका लागि महत्वपूर्ण भूमि रहेकाले यसलाई सहकारीका माध्यमबाट व्यवसायिक र उत्पदनमुलक बनाउदै अगाडी बढ्नु पर्नेमा जोड समेत दिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: