Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै

खबरडबली संवाददाता

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।  

प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उनले भने। प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै  मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजारमा सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो ।   नेपाल सुनचाँदी व्...

भेरी नदिमा हाम फालेर बेपत्ता भएकी युवतीको शव सातदिनपछि भेटियो

सल्यान। सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थि...

पश्चिम नवलपरासी २ मा चुनावी सरगर्मी: पूर्वमन्त्रीबिच रोचक प्रतिस्पर्धा

पश्चिम नवलपरासी। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै पश्चिम नवलपरासीमा राजनीतिक सरगर्मी उच्च विन्दुमा पुगेको छ। जिल्ल...

कर्णाली राजमार्गका जोखिम क्षेत्र मर्मत भएपछि यात्रा सहज

कालीकोट। वर्षातको वा हिउँदको समयमा पानी परेपछि अबरुद्ध हुने कर्णाली राजमार्गका केही जोखिम क्षेत्रको मर्मत सुरु भएको छ। यात्रा सहज बनाउने उद्देश्यले रा...

मृतक मतदाताको नाम दुरुपयोग नहोस् भन्नेमा हामी सचेत छौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्...

निष्पक्ष चुनाव भए प्रत्यक्षतर्फ ६० सिट जित्ने प्रचण्डको दाबी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...

निर्वाचन सुरक्षाका लागि सीमामा कडाइ: १८ गतेदेखि नाका बन्द हुने

सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...

फेरिएको चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...

नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज, चुनावी तयारीबारे समीक्षा हुने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE