Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै

खबरडबली संवाददाता

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।  

प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उनले भने। प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै  मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तिमपटक चुनाव लड्ने इच्छा छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...

बाजुराको रिलामा भाइरल ज्वरोका बिरामी बढ्दै

बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...

सप्तरीबाट हराएका १११ जना अझै बेपत्ता

सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।  कुनै पनि कानुनी प्रक्रिया पूर...

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending