कालीकोट। वर्षातको वा हिउँदको समयमा पानी परेपछि अबरुद्ध हुने कर्णाली राजमार्गका केही जोखिम क्षेत्रको मर्मत सुरु भएको छ। यात्रा सहज बनाउने उद्देश्यले राजमार्गका जोखिम सडकखण्डको मर्मत कार्य सुरु गरिएको हो।
सडक डिभिजन कार्यालय जुम्लाले कालीकोट खण्डमा पर्ने जोखिम सडकको मर्मत सुरु गरेपछि यात्रा सहज हुन थालेको यातायात व्यवसायीले बताएका छन्। गगनेखोला, कालेखोला, सेरीघाट, सुनारखोला लगायतका क्षेत्रमा रहेका जोखिम सडक खण्डमा आरसिसि गरिएपछि यात्रुलाई सहज भएको बताइएको छ।
सुर्खेतदेखि कालीकोट र जुम्ला आउँदै गरेको चालक सुर्खेत चिसापानीका अजय थापाले अब वर्षातको समयमा पनि यात्रा सहज हुने बताएका छन्। “सबैभन्दा बढी हिलो हुने र पहिरो झर्ने क्षेत्र आरसिसि भएपछि मनको त्रास हटेको छ। पहिला यात्रा गर्दा आकाशमा बादल देखिनासाथ जोखिम सडकको याद आउँथ्यो, अब त्रास छैन,” उनले बताए।
राजमार्गका हिलाम्मे सडकखण्ड आरसिसि गरिएका छन् भने जिर्ण सडक कालोपत्रे भएपछि कर्णाली राजमार्गको यात्रा अझै सहज हुँदै गएको छ। बाँके खजुराका रमित सारुले तीन वर्षअघि जुम्ला जाँदा धेरै कठिनाइ भएको भए पनि यसपालि यात्रा सहज भएको बताए।
सडक डिभिजन कार्यालयले केही पुराना ठेक्का र चालु आर्थिक वर्षको बजेट प्रयोग गरी जोखिम क्षेत्र सुधार गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले पछिल्लो समय सडक मर्मतको कामले राम्रो सुधार भईरहेको बताए। “सबैभन्दा बढी समस्या पर्ने खण्ड पहिलो प्राथमिकतामा राखी निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयलाई सुझाव दिएका थियौं। अब ती खण्डमा मर्मत भएकोले यात्रा सहज छ र वर्षातमा पनि समस्या नहुने विश्वास छ,” सहायक प्रजिअ शर्माले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...
श्रावण १० गते, २०८३ - १५:०५
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...



प्रतिकृया लेख्नुहोस्: