काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्ञासा आयोगले स्थापना गरेको कल सेन्टरमा पटक–पटक आउने गरेको छ।
मतदाता, नागरिक तथा सरोकारवालाको जिज्ञासा र प्रश्नको सुनुवाइका लागि आयोगमा कल सेन्टर सञ्चालनमा छ। निर्वाचनसम्बन्धी कुनै अन्योल वा प्रश्न भएमा निस्शुल्क टोल–फ्री नम्बर ११०२ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
हालै एक मतदाताले कल सेन्टरमा फोन गरी मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समावेश हुँदा त्यसको दुरुपयोग हुनसक्ने चिन्ता व्यक्त गरेका थिए। उक्त जिज्ञासाको जवाफ दिँदै आयोगले मतदाता नामावली छापिनुअघि मृत्यु भएको सूचना प्राप्त भएका सबै व्यक्तिको नाम सूचीबाट हटाइसकिएको स्पष्ट पारेको छ।
आयोगका अनुसार सूचना प्राप्त नभएका वा तोकिएको मितिभन्दा पछि मृत्यु भएका व्यक्तिको नाम भने नामावलीमा रहन सक्छ। तर त्यस्ता नामको दुरुपयोग नहोस् भन्ने विषयमा आयोग पूर्ण रूपमा सचेत रहेको जनाएको छ।
दुरुपयोग रोक्न आयोगले प्रत्येक मतदान केन्द्रमा फोटोसहितको रंगीन मतदाता नामावली पठाएको छ। मतदान अधिकृत तथा कर्मचारीले मतदान गर्न आउने व्यक्तिको अनुहार, फोटोसहितको सक्कल परिचयपत्र र नामावलीमा रहेको फोटो मिलाएर यकिन गरेपछि मात्र मतपत्र उपलब्ध गराउने व्यवस्था छ।
यस्तै, मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले शंकास्पद गतिविधिमाथि निगरानी राख्ने र आवश्यक परे तत्काल नियन्त्रण गर्ने गर्छन्। साथै, विभिन्न राजनीतिक दलका मतदान प्रतिनिधिहरूले पनि मतदाताको पहिचानमा ध्यान दिँदै कुनै त्रुटि देखिए विरोध जनाउन सक्ने व्यवस्था छ।
यी सबै संयन्त्रका कारण मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुने सम्भावना नरहेको आयोगको दाबी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १७:३०
काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्...
फाल्गुन १३ गते, २०८२ - १६:५९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...
फाल्गुन १३ गते, २०८२ - १६:४७
सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...
फाल्गुन १३ गते, २०८२ - १६:४१
दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...
फाल्गुन १३ गते, २०८२ - १६:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...
फाल्गुन १३ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...
फाल्गुन १३ गते, २०८२ - १६:००
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...
फाल्गुन १३ गते, २०८२ - १५:५१
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...
फाल्गुन १३ गते, २०८२ - १५:४३
बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...
फाल्गुन १३ गते, २०८२ - १५:२७
काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...



प्रतिकृया लेख्नुहोस्: