बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ।
कनकाई नगरपालिकाका १ देखि ७ नम्बर वडा, शिवसताक्षी नगरपालिकाका सबै ११ वडा, झापा गाउँपालिकाका ७ वडा, गौरादहका ९ र गौरीगन्ज गाउँपालिकाका १ र २ नम्बर वडा गरी कुल २८ वडा समेटिएको यस क्षेत्रमा १ लाख ३० हजार ७ सय १२ मतदाता रहेका छन् । यसपटक एक स्वतन्त्रसहित १६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
विगतका दुई निर्वाचन (२०७४ र २०७९) मा नेकपा (एमाले) का लालप्रसाद साँबाले नेपाली कांग्रेसका देउकुमार थेबेलाई पराजित गर्दै निर्वाचित भएको थिए। यसपटक पुन: एमालेले साँबा र कांग्रेसले थेबेलाई नै उम्मेदवार बनाएपछि यो क्षेत्रको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। अझ २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कोशी प्रदेशमै सर्वाधिक मत ल्याएका शम्भुप्रसाद ढकाल पुन: चुनावी मैदानमा होमिएपछि प्रतिस्पर्धा त्रिपक्षीय हुने आकलन गरिएको छ। एमाले उम्मेदवार साँबा जितको 'ह्याट्रिक' गर्ने दाउमा हुनुहुन्छ भने कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका थेबे उहाँलाई रोक्ने रणनीतिमा छन्।
२०७९ सालको निर्वाचनमा एमालेका लालप्रसाद साँबा (एलपी) ले २९ हजार ३ सय १५ मत ल्याउँदा कांग्रेसका देउकुमार थेबेले २२ हजार ४४८ मत प्राप्त गर्नुभएको थियो। रास्वपाका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत ल्याउनुभएको थियो। त्यसबेला नेकपा ९माओवादी केन्द्र० र राप्रपाले उम्मेदवारी नदिए पनि समानुपातिकतर्फ माओवादीले ६ हजार ४६५ र राप्रपाले ६ हजार ४१५ मत पाएका थिए।
यसपटक समीकरण फेरिएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दल सम्मिलित गठबन्धनबाट पुरुषोत्तम चुडाल ९राजु० र राप्रपाबाट प्रदेश सांसद पदबाट राजीनामा दिएर भक्तिप्रसाद सिटौला चुनावी मैदानमा हुनुहुन्छ। उम्मेदवारहरू जग्गाधनी पुर्जा वितरण, शिक्षा, स्वास्थ्य, रोजगारी र यस क्षेत्रको मुख्य समस्याका रूपमा रहेको कनकाई, विरिङ तथा बनियानी नदी कटान नियन्त्रणका एजेन्डा लिएर घरदैलोमा व्यस्त छन्। रास्वपाका उम्मेदवारले त आफ्ना प्रतिबद्धता पूरा नगरे ठगी मुद्दा हाल्न मतदातालाई चुनौती समेत दिएको छन्।
यसैगरी, श्रम संस्कृति पार्टीबाट अमृता राई, मङ्गोल नेसनल अर्गनाइजेसनबाट दिलीप धिमाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बू लगायतका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १६:५९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...
फाल्गुन १३ गते, २०८२ - १६:४७
सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...
फाल्गुन १३ गते, २०८२ - १६:४१
दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...
फाल्गुन १३ गते, २०८२ - १६:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...
फाल्गुन १३ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...
फाल्गुन १३ गते, २०८२ - १६:००
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...
फाल्गुन १३ गते, २०८२ - १५:५१
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...
फाल्गुन १३ गते, २०८२ - १५:४३
बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...
फाल्गुन १३ गते, २०८२ - १५:२७
काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...
फाल्गुन १३ गते, २०८२ - १५:१८
हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ब...



प्रतिकृया लेख्नुहोस्: