काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन्।
बुधबार काठमाडौँस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित वाम बुद्धिजीवीसहितको बैठकमा बोल्दै उनले पार्टीको राजनीतिक लाइन स्पष्ट भएकाले कार्यकर्ता तथा समर्थकमा आत्मविश्वास बढेको बताए।
“हाम्रो पोलिटिकल लाइन क्लियर भएको छ। हामीले ‘इफ’, ‘बट’ केही राखेका छैनौँ। सिधा राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा भन्ने भएकाले कन्फिडेन्स आएको छ साथीहरूलाई,” उनले भने, “निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो पक्षमा राम्रो रिजल्ट निस्कन्छ। पहिलाको भन्दा राम्रो हुन्छ भनेर हाम्रा कट्टर विरोधीले पनि भन्न थालेका छन्। कतिपयले रिपोर्ट निकाल्दा अप्रत्याशित रूपमा धेरै आउने भयो पनि भन्ने गरेका छन्। तर ६० प्लस नेपाली कम्युनिस्ट पार्टीले जित्ने आँकलन गरिएको छ।”
बैठकमा सहभागी नेता प्रमेश हमाल ले पनि फागुन २१ गते हुने निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ६० सिट जित्ने ब्रिफिङ गरिएको जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ कम्तीमा २० देखि २५ लाख मत ल्याउने पार्टीको दाबी छ।
“हामीले स्थानीय कमिटीले दिएको रिपोर्टको आधारमा भनेका हौँ। वाम बुद्धिजीवीहरूले पनि यो पटक हाम्रो पार्टीले राम्रो गरेको बताएका छन्। संयोजकले पनि प्रत्यक्षतर्फ ६० सिट जित्ने ब्रिफिङ गर्नुभयो। वास्तविक धरातल त्यस्तो छ कि छैन भन्नेबारे सूक्ष्म समीक्षा गर्न भोलि सचिवालय बैठक बोलाइएको छ,” उनले भने।
१२ वर्षपछि एक्लै चुनावमा होमिएको नेकपाले देशभरका १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टीले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जित्ने सम्भावना उच्च रहेको क्षेत्रका रूपमा आकलन गरेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १७:३०
काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्...
फाल्गुन १३ गते, २०८२ - १६:५९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...
फाल्गुन १३ गते, २०८२ - १६:४७
सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...
फाल्गुन १३ गते, २०८२ - १६:४१
दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...
फाल्गुन १३ गते, २०८२ - १६:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...
फाल्गुन १३ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...
फाल्गुन १३ गते, २०८२ - १६:००
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...
फाल्गुन १३ गते, २०८२ - १५:५१
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...
फाल्गुन १३ गते, २०८२ - १५:४३
बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...
फाल्गुन १३ गते, २०८२ - १५:२७
काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...



प्रतिकृया लेख्नुहोस्: