Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

लोकल रक्सी पोख्ने विदेशी दलाल हुन् : उषाकला राई

खबरडबली संवाददाता

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल मदिरा पोखेर नष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषाकला राईले विरोध जनाएकी छन् । 

इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले १५ कात्तिकमा ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट गरिएको केही दिनपछि एमाले नेतृ राईले विरोध जनाएकी हुन् । 

‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता राईले बुधबार सामाजिक सञ्जालमार्फत घरेलु रक्सी पोख्ने जनप्रतिनिधि र प्रहरीलाई ‘विदेशी दलाल र साम्राज्यवादका मतियार’ भनेकी छन् । घरेलु रक्सीलाई झैं विदेशी रक्सीलाई पोखेर देखाउन उनको चुनौती छ ।

प्रदेश नम्बर १ की पूर्वसामाजिक विकास मन्त्री राईले लोकल रक्सी पोख्नेलाई जनता समक्ष माफ माग्न भनेकी छन् । ‘विडम्बना ! उत्सवमा विदेशी बियर र रक्सी चियर्स गर्ने र आफ्नो उत्पादन माटोमा पोख्ने कुरामा बहादुरी देख्ने संस्कारको अन्त्य भएन । गरिबको श्रम, सिप र सम्पत्ती माटोमा पोख्दै हिँडेर खै के उँभो लाग्छौं र हामी ! हाम्रो संस्कृति, हाम्रो सम्पत्ति, हाम्रो उत्पादनको विकास नगरी देश बन्दैन ।'

गरिब जनताको हात हातमा पैसा पठाउन कोदोको लोकल रक्सीलाई ब्यान्ड नभई ब्राण्ड बनाउने कार्यक्रम आफूले सुरु गरेको उनले बताइन् । 'लोकल रक्सी पोखेर फेरी ठूलो बहादुरी देखाएछन् साथीहरूले ! यसको घोर भर्त्सना गर्दछु । घोर आपत्ति जनाउँछु,’ राईले लेखेकी छन्,, ‘गरिबलाई हेप्नेलाई चुनौती दिन्छु, ए विदेशी दलाल हो ! ए, साम्राज्यवादका मतियार हो ! आँखा गरिबको उत्पादनमा होइन, बिदेसी बहुराष्ट्रिय कम्पनीबाट बनेका ह्विस्की, रम र बियरमा लगाऊ ! सक्छौ भने विदेशी रक्सी पोखेर देखाऊ ! विदेशी रक्सी नेपाल भित्र्याउन प्रतिबन्ध लगाएर देखाऊ !’ 

नेतृ राईले ‘ब्यान्ड भर्सेस ब्राण्ड’को अभियान पुरा गरेर देखाउन सरकार समक्ष आग्रह गरेकी छन् । हलेसीबजारमा लोकल रक्सी पोख्ने कार्यमा सहभागी वडाध्यक्ष चइन्द्र राई, प्रहरीलगायतको चौतर्फी आलोचना भइरहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कक्षा ८ पास नभए भविष्य रोकिने’: छथर गाउँपालिकाको कडा शिक्षा नीति

तेह्रथुम । अब छथर गाउँपालिका भित्र कक्षा ८ उत्तीर्ण नगरेसम्म नागरिकको भविष्य नै रोकिने भएको छ। शिक्षा सुधारका नाममा गाउँपालिकाले यस्तो कडा नीति अघि सा...

आजकाे तजरीकारी बजतततारः कुन तरकारीको मूल्य कति?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिक...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending