काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार रानाभाटविरुद्ध अहिलेसम्म कुल ३७ वटा मुद्दा दर्ता भइसकेका छन्। तीमध्ये २२ वटा अभद्र व्यवहार, १३ वटा चोरी, १ वटा हातहतियार खरखजना र १ वटा लागूऔषधसम्बन्धी मुद्दा रहेका छन्।
उनीविरुद्धका मुद्दाहरू २०६१ सालदेखि सुरु भएर पछिल्ला वर्षसम्म निरन्तर दोहोरिँदै आएको देखिन्छ। काठमाडौं, ललितपुर, पर्सालगायत विभिन्न स्थानका प्रहरी इकाइहरूमा उनको नाममा मुद्दा दर्ता भएको अभिलेखले देखाउँछ।
प्रहरी स्रोतका अनुसार, पुरानो ‘रेकर्ड’का बाबजुद पनि उनी बारम्बार आपराधिक गतिविधिमा संलग्न हुँदै आएको पाइएकाले निगरानीमा राखिएको थियो। पछिल्लो पटक पनि चोरीसम्बन्धी गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।
हाल उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रानाभाटको हालसम्मको अपराधिक पृष्ठभूमि
१) मिति २०६१।०२।२१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
२) मिति २०६१।०९।०७ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
३) मिति २०६२।०५।०६ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
४) मिति २०६२।०६।१३ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
५) मिति २०६३।०२।०९ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
६) मिति २०६३।०३।२९ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
७) मिति २०६३।०४।१० गते काठमाण्डौ प्रहरी परिसरमा हातहतियार खरखजना मुद्दा दर्ता ।
८) मिति २०६३।१०।०३ गते काठमाण्डौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
९) मिति २०६३।११।१५ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१०) मिति २०६४।०१।२१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
११) मिति २०६५।०६।०१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१२) मिति २०६५।०९।०३ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
१३) मिति २०६६।०५।०२ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
१४) मिति २०६६।१२।०१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१५) मिति २०६७।०५।२० गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१६) मिति २०६७।०७।२९ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१७) मिति २०६७।०९।२८ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१८) मिति २०६८।०१।०२ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
१९) मिति २०६८।०२।२४ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
२०) मिति २०६८।०७।१६ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
२१) मिति २०६८।०८।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
२२) मिति २०६९।०१।२७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा लागुऔषध मुद्दा दर्ता ।
२३) मिति २०६९।०६।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता
२४) मिति २०६९।०९।०८ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
२५) मिति २०७०।०३।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
२६) मिति २०७०।०४।०३ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता ।
२७) मिति २०७१।०१।०२ गते प्रहरी बृत्त गौशालामा चोरी मुद्दा दर्ता ।
२८) मिति २०७१।०४।२२ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
२९) मिति २०७१।१२।१२ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
३०) मिति २०७२।०३।०७ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
३१)मिति २०७२।०४।२६ गते प्रहरी बृत्त जनसेवामा अभद्र मुद्दा दर्ता ।
३२) मिति २०७२।०६।११ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता ।
३३) मिति २०७३।०९।०६ गते प्रहरी बृत्त स्वयम्भुमा चोरी मुद्दा दर्ता ।
३४) मिति २०७९।०१।११ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
३५ मिति २०७९।०९।२१ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता ।
३६) मिति २०८०।०१।२४ गते प्रहरी बृत्त स्वयम्भुमा अभद्र मुद्दा दर्ता ।
३७) मिति २०८०।०५।३१ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता ।
प्रतिकृया लेख्नुहोस्: