Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रधानन्यायाधीश चोलेन्द्रलाई पूर्वप्रधानन्यायाधीश कल्याणले यस्तो दिए जवाफ

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीशको विवेक हेर्न मन भए फैसला पल्टाउन चुनौती दिएका छन् । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो विवेक हेर्न पुराना फैसला पल्टाउन चुनौती दिएका हुन् । 

प्रधानन्यायाधीश जबराले केही दिनअघि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै श्रेष्ठलाई विवेक नभएको व्यक्ति भनेका थिए । जबरालाई जवाफ दिँदै उनले भने, ‘कँही कतै मेरो विवेकको विषयमा पनि कुरा गरेको सुनेँ । विवेक कसरी मापन गर्ने मलाइ नै थाहा छैन । मेरो विचारमा मेरो विवेक के हो र कस्तो ठाउँमा प्रयोग भयो भन्ने कुरा मैले गरेको काम र मैले गरेको फैसलाबाट आमजनताले मापन गर्लान् । फैसला पल्टाएर हेर्नु राम्रो हुन्छ ।’

जवराको राजीनामा माग्दै पूर्वप्रधानन्यायाधीशहरूको विज्ञप्ति आएपछि आक्रोशित जबराले पूर्वप्रधानन्याधीश श्रेष्को नाम नै लिएर विवेक नभएको व्यक्ति भनेका थिए । 
जबराप्रति टिप्पणी गरेका श्रेष्ठले दलहरूप्रतिसमेत असन्तुष्टि जनाए ।  श्रेष्ठले लोकतन्त्र जनताको सुख, समृद्धिका लागि संस्कृति र जीवनशैलीका रूपमा विकास हुनुपर्नेमा यसलाई दलहरूले प्राइभेट कम्पनीजस्तो बनाएको बताए । 

अछामका पुराना समाजसेवी तिलकबहादुर खत्री तिमिल्सिनाद्वारा लिखित ‘नेपालको राजनीतिक सन्दर्भः घटनाक्रमहरूको संगालो’ विमोचन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीस श्रेष्ठले दलहरूले जनता थर्काउँदै हिँडेको आरोप लगाए । ‘दलहरू बलियाबलिया निस्केका छन्, जनता थर्काउँदै हिँडेका छन्,’ उनले भने, ‘तर, जनता सार्वभौम छन् ।’

उनले दलहरू आफैँ प्रजातन्त्र नभएको बताउँदैं प्रजातन्त्र जनताको सुखभोगका लागि हुनुपर्नेमा जोड दिए । ‘दलहरू विवेकशील, जवाफदेही हुनुपर्छ, सत्यको सार्वभौमिकता ग्रहण गरेर निर्णय गर्नुपर्छ,’ उनले थपे, ‘जनताले संविधानको राम्रो भोग गर्न पाउनुपर्छ ।’ उनले मुलुकमा व्यवस्थापन कता गयो भन्ने चिन्ता सर्वत्र उठिरहेको बताए । 

पुस्तकमा राष्ट्रियता, जनजीविका, शासन प्रणालीका विषयमा गम्भीर सवालहरू उठान भएको बताउँदैं उनले मोफसलको वौद्धिकतालाई राजधानीले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले मोफसलका नागरिकहरू पनि शासन प्रणाली र राष्ट्रप्रति कति संवेदनशील छन् भन्ने कुरा कृतिले देखाएको उल्लेख गरे । 

कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा. सुरेन्द्र केसीले दुनियाँ कसरी बदलिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । उनले हामीले लडेर ल्याएको व्यवस्था लोकतन्त्रले औचित्य सिद्ध गर्न नसकेको भन्दै पञ्चायतकालमा विकास भएका कलकारखाना बेचबिखन हुनु दुखद् भएको बताए । प्रा.डा. केसीले दुर्गम स्थानमा बसेर यति राम्रो सिर्जना छोडेर गएकोमा लेखकलाई सरहानासमेत गरे । 

अर्का विशिष्ट अतिथि पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले पुस्तक आकारमा सानो भए पनि यसभित्र राजनीतिक ब्रह्माण्ड अटेको बताए । नेपालको समकालीन शासनसत्ताको चरित्रमाथि पुस्तक केन्द्रीत रहेको उनले उल्लेख गरे । 

पुस्तकमाथि नेपाल बारका पूर्व महासचिव विजय मिश्र र तिमिल्सिना समाज नेपालका संस्थापक अध्यक्ष शान्ति तिमिल्सिनाले टिप्पणी गरेका थिए । पुस्तकका लेखक तिमिल्सिनाले देश विषम परिस्थितीमा ग्रुजिरहेको बेला नागरिकले शासनशैली र शासनसत्ता सुधारका लागि आआफ्नो ठाउँबाट पहलकदमी गर्नुपर्ने बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending