Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

प्रधानन्यायाधीश चोलेन्द्रलाई पूर्वप्रधानन्यायाधीश कल्याणले यस्तो दिए जवाफ

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीशको विवेक हेर्न मन भए फैसला पल्टाउन चुनौती दिएका छन् । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो विवेक हेर्न पुराना फैसला पल्टाउन चुनौती दिएका हुन् । 

प्रधानन्यायाधीश जबराले केही दिनअघि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै श्रेष्ठलाई विवेक नभएको व्यक्ति भनेका थिए । जबरालाई जवाफ दिँदै उनले भने, ‘कँही कतै मेरो विवेकको विषयमा पनि कुरा गरेको सुनेँ । विवेक कसरी मापन गर्ने मलाइ नै थाहा छैन । मेरो विचारमा मेरो विवेक के हो र कस्तो ठाउँमा प्रयोग भयो भन्ने कुरा मैले गरेको काम र मैले गरेको फैसलाबाट आमजनताले मापन गर्लान् । फैसला पल्टाएर हेर्नु राम्रो हुन्छ ।’

जवराको राजीनामा माग्दै पूर्वप्रधानन्यायाधीशहरूको विज्ञप्ति आएपछि आक्रोशित जबराले पूर्वप्रधानन्याधीश श्रेष्को नाम नै लिएर विवेक नभएको व्यक्ति भनेका थिए । 
जबराप्रति टिप्पणी गरेका श्रेष्ठले दलहरूप्रतिसमेत असन्तुष्टि जनाए ।  श्रेष्ठले लोकतन्त्र जनताको सुख, समृद्धिका लागि संस्कृति र जीवनशैलीका रूपमा विकास हुनुपर्नेमा यसलाई दलहरूले प्राइभेट कम्पनीजस्तो बनाएको बताए । 

अछामका पुराना समाजसेवी तिलकबहादुर खत्री तिमिल्सिनाद्वारा लिखित ‘नेपालको राजनीतिक सन्दर्भः घटनाक्रमहरूको संगालो’ विमोचन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीस श्रेष्ठले दलहरूले जनता थर्काउँदै हिँडेको आरोप लगाए । ‘दलहरू बलियाबलिया निस्केका छन्, जनता थर्काउँदै हिँडेका छन्,’ उनले भने, ‘तर, जनता सार्वभौम छन् ।’

उनले दलहरू आफैँ प्रजातन्त्र नभएको बताउँदैं प्रजातन्त्र जनताको सुखभोगका लागि हुनुपर्नेमा जोड दिए । ‘दलहरू विवेकशील, जवाफदेही हुनुपर्छ, सत्यको सार्वभौमिकता ग्रहण गरेर निर्णय गर्नुपर्छ,’ उनले थपे, ‘जनताले संविधानको राम्रो भोग गर्न पाउनुपर्छ ।’ उनले मुलुकमा व्यवस्थापन कता गयो भन्ने चिन्ता सर्वत्र उठिरहेको बताए । 

पुस्तकमा राष्ट्रियता, जनजीविका, शासन प्रणालीका विषयमा गम्भीर सवालहरू उठान भएको बताउँदैं उनले मोफसलको वौद्धिकतालाई राजधानीले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले मोफसलका नागरिकहरू पनि शासन प्रणाली र राष्ट्रप्रति कति संवेदनशील छन् भन्ने कुरा कृतिले देखाएको उल्लेख गरे । 

कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा. सुरेन्द्र केसीले दुनियाँ कसरी बदलिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । उनले हामीले लडेर ल्याएको व्यवस्था लोकतन्त्रले औचित्य सिद्ध गर्न नसकेको भन्दै पञ्चायतकालमा विकास भएका कलकारखाना बेचबिखन हुनु दुखद् भएको बताए । प्रा.डा. केसीले दुर्गम स्थानमा बसेर यति राम्रो सिर्जना छोडेर गएकोमा लेखकलाई सरहानासमेत गरे । 

अर्का विशिष्ट अतिथि पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले पुस्तक आकारमा सानो भए पनि यसभित्र राजनीतिक ब्रह्माण्ड अटेको बताए । नेपालको समकालीन शासनसत्ताको चरित्रमाथि पुस्तक केन्द्रीत रहेको उनले उल्लेख गरे । 

पुस्तकमाथि नेपाल बारका पूर्व महासचिव विजय मिश्र र तिमिल्सिना समाज नेपालका संस्थापक अध्यक्ष शान्ति तिमिल्सिनाले टिप्पणी गरेका थिए । पुस्तकका लेखक तिमिल्सिनाले देश विषम परिस्थितीमा ग्रुजिरहेको बेला नागरिकले शासनशैली र शासनसत्ता सुधारका लागि आआफ्नो ठाउँबाट पहलकदमी गर्नुपर्ने बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कक्षा ८ पास नभए भविष्य रोकिने’: छथर गाउँपालिकाको कडा शिक्षा नीति

तेह्रथुम । अब छथर गाउँपालिका भित्र कक्षा ८ उत्तीर्ण नगरेसम्म नागरिकको भविष्य नै रोकिने भएको छ। शिक्षा सुधारका नाममा गाउँपालिकाले यस्तो कडा नीति अघि सा...

आजकाे तजरीकारी बजतततारः कुन तरकारीको मूल्य कति?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिक...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending