जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि नि:शुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको छ । औषधि बिक्री गर्न स्थापना गरिएको फार्मेसीमा समेत औषधि नहुँदा रित्तो भएको फार्मेसी व्यवस्थापनले जनाएको छ । हिमाली जिल्लामध्येमा पर्ने डोल्पामा मुस्किलले ३५ देखि ४० प्रकारका औषधि पाइए पनि अहिले सोही औषधि नपाउँदा अस्पतालमा जाँच गरी निजी औषधि पसलबाट बिरामीले औषधि किन्ने गरेका छन् ।
दैनिक दर्जनौँ बिरामी आउने गर्छन्, सबैले अस्पतालमा औषधि नहुँदा बजार गई किनेर ल्याउने गरेको बिरामीका आफन्त कुमार केसीले बताए । उनले भने, “मैले त सबै औषधि नि:शुल्क अस्पतालमै पाइन्छ भन्ने सुनेको थिए, तर सबै औषधि बाहिर किन्नुपर्यो, अस्पतालको फार्मेसीमा समेत औषधि पाइएन ।” स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल एउटैले व्यवस्थापन गर्दै आएका कारण अहिले स्वास्थ्य सेवा कार्यालयकै मातहतमा रहेको छ । आर्थिक वर्ष २०७८/०८९ मा नियमित स्वास्थ्य कार्यालयले खरिद गर्ने औषधि खरिद नगरेको पाइएको छ ।
कर्णाली प्रदेश सरकारको मताहतमा कर्णालीका १० जिल्लाका स्वास्थ्य सेवा कार्यालय छन् । स्वास्थ्य सेवा कार्यालयका डाक्टर अखण्ड उपाध्यायले दिएको जानकारीअनुसार औषधिको अभावमा उपचारमा सास्ती भएको छ । “औषधि नहुँदा नसाबाट औषधि दिने बिरामीलाई सबैभन्दा बढी सास्ती भएको छ”, उनले भने, “औषधि छैन बजारबाट किनेर ल्याउनुहोस् भन्दा हामीसँग बिरामी रिसाउनुहुन्छ, हामी मेडिकलमै उपचार गर्छौं उसो भएभन्दै फर्कनुहुन्छ ।”
एक्सरे सेवासमेत प्रभावकारी नहुँदा दैनिक समस्या हुँदै आएको छ । एक्सरेको प्रिन्टरमा खराबी आउँदा हेर्न मिल्ने तर पेपर प्रिन्ट गर्न नमिल्ने उनले बताए । सामान्य खालको रगत मात्र ल्याबमा जाँच हुने गरेको छ । कीटको अभावमा सबै खालको परीक्षण गर्न नपाइएको चिकित्सकले बताएका छन् । कार्यालयमा जनशक्ति नै नहुँदा काम गर्नसमेत अप्ठ्यारो हुँदै आएको प्रशासनले जनाएको छ ।
स्वास्थ्य बीमा गरेका बिरामीले समेत फार्मेसीबाट औषधि लिन नपाउँदा अर्को समस्या थपिएको बिरामी बताउँछन् । स्थानीय तहमा समेत औषधि स्वास्थ्य सेवा कार्यालयले पठाउन नसकेको बताएको छ । सिटामोलबाहेक अन्य औषधि नहुँदा उपचारमा सास्ती भोग्दै आएको चिकित्सक बताउँछन् ।
विशेषज्ञसहित नौ चिकित्सक भएको डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अहिले पाँच करारका चिकित्सकको भरमा छ । दरबन्दीमा एक नर्सबाहेक सबै करारमा छन् । करारमा कार्यरत नर्सको नवीकरणसमेत नगरिएकाले काम गर्न मुस्किल हुँदै आएको छ । जनशक्ति, औषधि र भौतिक संरचनाकै अभावले काम गर्न मुस्किल हुँदै आएको पाइएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख अमरसिंह शाहीले नयाँ औषधि खरिद नगरिएको बताए । “नयाँ औषधि ल्याइएको पनि छैन, भनेको सबै औषधि पनि डोल्पामा पुर्याउन सकिँदैन कुरा यही हो”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: