लहान । झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दशैको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नगरपालिका–८ भाइजिटोलका १७ वर्षीय सत्रुधन महतोको सिरहाकै नरहा गाउँपालिका–३ नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा ती युवकका तीन जना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको र दशैको कारण अदालत बन्द रहेकाले केही प्रक्रिया पुर्याउनुपर्ने र अनुसन्धान अधुरो रहेकाले नाम सार्वजनिक गर्न नसकिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
गत शुक्रबार राति झिझिया नाचमा युवाको दुई समूहबीच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनारमा चारै जना झरेका थिए । तत्काल प्रहरी र स्थानीयवासीले तीन जनाको उद्धार गरेपनि महतो भने इनारमै डुबेका थिए । गाउँकै जनता नमूना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत महतोको शव गत शनिबार बिहान मात्र स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०८२ - ०८:११
बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अ...
माघ २१ गते, २०८२ - ०८:०३
म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्...
माघ २१ गते, २०८२ - ०७:५५
तनहुँ । यहाँको ऋषिङ गाउँपालिका वडा नम्बर ७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् । स्थानीय ऋषिराम थापाले पा...
माघ २१ गते, २०८२ - ०७:५३
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा...
माघ २१ गते, २०८२ - ०७:४८
बाजुरा । बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्र...
माघ २१ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी, निर्वाचन परिचालन समितिको सचिवालय बैठकले छिट्टै चुनावी घोषणापत्र प्रकाशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्री...
माघ २१ गते, २०८२ - ०७:४०
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई...
माघ २१ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्व...
माघ २१ गते, २०८२ - ०७:२५
काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति स...
माघ २१ गते, २०८२ - ०७:२२
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते अघि विघटित संसद्को पुनःस्थापना नहुने’ बताएका छन् । नेपाली कांग्रेस झापा निर्वाच...



प्रतिकृया लेख्नुहोस्: