काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लिएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा ओर्लेको छ । कूल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर रु ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मूल्यमा खरिद बिक्री भए ।
आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा रहेको छ । नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु १२ वटा उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लाग्दा बैंकिङ १८.२९, व्यापार ९८.७४, होटल तथा पर्यटन ८८.९७, विकास बैंक १३०.६४, जलविद्युत् १३५.०३, वित्त १५६.१७, निर्जीवन बीमा ३५६.७६, उत्पादन ११६.७५, अन्य ४४.१३, लघुवित्त १२०.९९, जीवन बीमा ३७१.३१ र लगानी ३.२३ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको कारोबार भयो । यस्तै, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रु ३१ करोड ८८ लाख ९९ हजार ५००, नेपाल बैंक रु २१ करोड ३४ लाख ९५ हजार ३१३, कामना सेवा विकास बैंक रु २० करोड ५८ लाख ६२ हजार २५०, नेशनल हाइड्रो पावर रु १७ करोड ८३ लाख ७६ हजार ८९४ र मेघा बैंक रु १७ करोड ७० लाख ९१ हजार २४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै, हालैमात्र कारोबारमा आएको मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा ६.०३ प्रतिशतले वृद्धि भएको छ । सिटिजन म्युचुअल फण्ड एकको ३.४०, सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले २.३१ प्रतिशतले कमाए ।
आइसिएफसी फाइनान्स ८.९८, घलेम्दी हाइड्रोपावर ७.९६, मल्टीप्रपोज फाइनान्स कम्पनी ७.६६, वेसट फाइनान्स कम्पनी ७.६०, माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ७.३७ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: