धादिङ । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका धुनिवेशी नगरपालिका–९ का वडा अध्यक्ष साईला राई बीस दिनमा पुन: मूल घर एमालेमै फर्किएका छन् ।
पार्टीभित्र आफुले गरेको कामको उचित मुल्याङन नभएको भन्दै अध्यक्ष राईले भदौ २१ गते जिल्ला निर्वाचन कार्यलय धादिङमा उपस्थित भइ नेकपा (एस) पार्टीमा सनाखत गरेका थिए । एमाले छोडेपछि निकै तनाव र दवाबमा रहेका राईले शनिबार नेकपा एमाले धादिङका अध्यक्ष एवं संघीय सांसद भुमि त्रिपाठीको आतिथ्यामा धुनिवेशीमा भएको राष्ट्रिय युवा संघ नेपालको वृहत युवा भेलामा उनले पुन: मूल पार्टीमै फकिएको घोषण गरेका हुन् । राईलाई प्रभुख अतिथि त्रिपाठीले खादा ओढाएर स्वागत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष राईले आफु पार्टीको दवावमा आएर नभइ स्वइच्छाले नै मूल पार्टीमा फर्किको बताए । ‘मेरा लागि पद ठुलो होइन', उनले भने,‘मलाई आफ्नो घर फर्किन दवाव दिनै पर्दैन । मैले एक पाइला चालेको थिएँ, एक पाइला फर्किएँ । पद गए जाहोस ।’
माधव नेपाल नेतृत्वको नेकपा (एस)लाई भदौ ९ गते निर्वाचन आयोगले दलको मान्यता दिएपछि प्रदेश र स्थानीय जनप्रतिनिधिलाई नयाँ दल रोज्न आयोगले २१ दिनको समय दिएको थियो । त्यहि सुविधालाई पक्षाउँदै धुनिवेशी नगरपालिकामा उनी सहित नगर प्रमुख बालकृष्ण आचार्य, उप–प्रमुख निरु खारेल लगायत धादिङबाट ७९ जनाले नेकपा (एस)मा सनाखत गरेका थिए ।
अध्यक्ष राई मूल पार्टीमा फर्किएसंगै उनको पद भने धरापमा परेको छ । २०७४ सालमा भएको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट धुनिवेशी नगरपालिका ९ नं. वडाका निर्वाचित वडा अध्यक्ष हुन् । नयाँ पार्टीमा अध्यक्ष राईले गरेको सनाखत निर्वाचन आयोगले प्रमाणित गरिसकेकाले राजनीतिक दल सम्बन्धि संशोधित नयाँ ऐन अनुसार उनी नेकपा(एस)का जनप्रतिनिधि हुन् ।
राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ३१ को उपदफा २ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा स्वत: पद रिक्त हुने व्यवस्था रहेको छ । यसैगरी दफा ३२ को उपदफा १(ख) र (ग)मा सम्बन्धित जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा वा निज आफै संलग्न भइ नयाँ पार्टी खोलेमा स्वत: पद रिक्त हुने व्यवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - ०८:०४
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...
चैत्र १२ गते, २०८२ - ०७:५४
काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...
चैत्र १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...
चैत्र १२ गते, २०८२ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...
चैत्र १२ गते, २०८२ - ०७:३९
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...
चैत्र १२ गते, २०८२ - ०७:३७
काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...
चैत्र १२ गते, २०८२ - ०७:२७
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...
चैत्र १२ गते, २०८२ - ०७:२४
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...
चैत्र १२ गते, २०८२ - ०७:१६
बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...
चैत्र १२ गते, २०८२ - ०७:१३
तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...



प्रतिकृया लेख्नुहोस्: