Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरुको सम्बोधन: कसले के भने ?

खबरडबली संवाददाता

एजेन्सी । विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई  जोडतोडका साथ उठाउने गर्दछन् ।  

प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् ।  यहाँ एसोसिएटेड प्रेसले केही फरक आवाज र दृष्टिकोणलाई प्रस्तुत गरेको छ।  कोरोना महामारीको लामो सङ्कटले गुज्रिरहेको विश्वको वर्तमान अवस्थामा महासभाको चौथो दिन शनिबार विभिन्न देशका नेतृत्व तहबाट  यस्ता  अभिव्यक्त विचारहरूले अखबारका पानाहरू रङ्गाएका छन् र नयाँ विचारलाई पस्केका छन् । यस्ता केही प्रतिनिधि विचारहरूलाई यहाँ प्रस्तुत गरिएको छ। 

महासभालाई सम्बोधन गर्दै बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आप्रवासी कामदारको विषयलाई जोडतोडले उठाएका छन्। उनी भन्छन्, ‘आप्रवासीहरू महामारीको बेला स्वास्थ्य र अन्य आपतकालीन सेवाहरूमा अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका छन् तर पनि उनीहरू मध्ये धेरैलाई जागिर गुमाउनु परेको छ,  तलब कटौती को समस्या बेहोर्नु परेको छ, स्वास्थ्य र अन्य सामाजिक सेवाहरूमा पहुँचको अभाव भएको छ । अनि जबरजस्ती फिर्ताको कारणले कडा चोट बेहोरिरहेका छन्।’
 
त्यसैगरी माल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले द्वन्द्व र यसको बालबालिका माथि पर्ने असरलाई विशेषरूपले उठाउनु भएको छ।  ‘द्वन्द्वले धेरै मानिसहरूको जीवनलाई असर गर्छ जसका कारण हामी हजारौं बच्चाहरूलाई असफलता को बाटोमा डोराइरहेका छौँ। हामी उनीहरूलाई हिंसा, क्रूरता, हानीबाट, र उनीहरुको पूर्ण क्षमता साकार पार्नबाट जोगाउन असफल भएका छौं। हामी उनीहरूको बच्चा हुने अधिकारको समेत रक्षा गर्न असफल भएका छौँ ।’

जर्जियाका प्रधानमन्त्री  इराक्ली गरिबाशभिल्ली विश्वभरमा प्रजातन्त्र संकटमा पर्दै गएको विषयलाई उठाउनुभएको छ । उनी भन्छन्, ‘अन्तिम पटक जब हामी यहाँ संयुक्त राष्ट्र संघमा प्रत्यक्ष भेटेका थियौं, संसारभरिका प्रजातन्त्रहरू दबाबमा परेको अनुभूत गरेका थियौं र आज पनि तर्कहीन र अँध्यारो शक्तिहरू त्यस्मै व्यस्त छन् ।’

लक्जेबर्गका प्रधानमन्त्री जेभियर बेटेलको भने अलिक फरक टिप्पणी छ । उहाँका अनुसार यदि हामीसँग आशा र विश्वास छैन भने  जनताले हरेक कुरामाथि विश्वास गर्न छोड्नेछन् ।

त्यसैगरी बेलिजका प्रधानमन्त्री जाँन ब्रेसिनोले भने अझ कडा टिप्पणी गर्दै भन्नुभएको छ। ‘हामी सेप्टेम्बर २०२२ मा थप निष्क्रिय हुँदै अर्को वर्ष अरू शोक व्यक्त गर्न यस ठूलो हल मा नफर्कौं। एकपक्षीयता, राष्ट्रवाद, र असफल सामूहिक कारबाहीको विरोध गर्न  यस हलमा कदापि नफर्कौं ।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE