सिमकोट । नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नं स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो । मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा–६ का स्थानीयवासी लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि यहाँ पुगेका हुन् । टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल रहेका छन् ।
नाम्खाको किटखोलामा रहेको ५ नं सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ । नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिमी लाप्चाको १२ नं सीमास्तम्भमा पुगेका थिए । मन्त्रालयको उक्त टोलीले भदौ २७ गते सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो । हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव आचार्यले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८१ - ०९:३८
पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टो...
बैशाख ५ गते, २०८१ - ०९:१३
चितवन । रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन...
बैशाख ५ गते, २०८१ - ०९:०८
काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्...
बैशाख ५ गते, २०८१ - ०८:४३
राँझा । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेख...
बैशाख ५ गते, २०८१ - ०८:१८
काठमाडौं । चैतको मध्यदिउँसो पर्वत जिल्लाको पैयूँ गाउँपालिकास्थित सौरीकोट गाउँमा एक हुल गाउँले हस्याङफस्याङ गर्दै बाँदर धपाइरहेका थिए। चर्को घाममा अ...
बैशाख ५ गते, २०८१ - ०७:५८
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता ...
बैशाख ५ गते, २०८१ - ०७:४७
झापा । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँग...
बैशाख ५ गते, २०८१ - ०७:३८
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ।ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन...
बैशाख ५ गते, २०८१ - ०७:२६
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा अन्ततः एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री बन्ने भएका छन् । गठबन्धनमा माधव नेपालको विद्रोहपछि म...
बैशाख ५ गते, २०८१ - ०७:१७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मतप्राप्त गरेका छन्। मङ्गलबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरूले बैठक ब...
प्रतिकृया लेख्नुहोस्: