Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै

रासस

झापा । कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए । वडा नं. ५, पाडाजुँगी चोकबाट पूर्व आदिवासी रङ्गशाला दक्षिण मूल राजमार्गसँगै जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी बुद्धिमान थापा, प्रताप कार्की र नसीम कार्कीले सो अस्पताल सञ्चालन गर्न लागेका हुन् ।

एक वर्षभित्रमा अस्पताल सञ्चालनमा आउने जनाउँदै अस्पतालका अध्यक्ष  थापाले भने, ‘प्रारम्भिक चरणमा १०० शय्याबाट सुरु हुन्छ, मापदण्डअनुसार विस्तार गरेर ५०० शय्यासम्म पुर्‍याउँछौं। अस्पतालको भौतिक संरचना निर्माण र स्वास्थ्य उपकरणमा रू एक अर्बभन्दा बढी खर्च हुने जनाउँदै उहाँले भवन निर्माणको ठेक्का सम्झौता भइसकेको र कुमारी बैंकको वित्तीय सहयोगसमेत लिएर निर्माण सुरु गरिने बताए । थापाले स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको जनााउँदै भने, ‘झापाको यो मध्य भागमा सुविधासम्पन्न अस्पतालको आवश्यकता खड्किएर हामी यो अभियानमा जुटेका हौँ ।’

अस्पतालबाट झापालगायत इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसहित मोरङका नागरिक लाभान्वित हुने विश्वास गरिएको छ । रवि–चिसापानी सडकखण्ड सञ्चालनमा आएपछि पहाडी जिल्लाका नागरिकलाई दूरीका हिसाबले बिर्तामोड पुग्नुभन्दा नजिक हुने अध्यक्ष थापाको भनाइ छ । विपन्न र असहायलाई समेत सहजरूपमा उपचार गर्ने अस्पतालका रूपमा भृकुटी अस्पताललाई स्थापित गराउने लक्ष्य रहेको सुनाउँदै उनले उपचार गर्न नसक्ने विपन्न एवं असाहय वर्गका लागि सक्दो सहुलियत दिने सेवाभावले अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए ।

अस्पतालमा डायलायसिस, कार्डियो थेरापी, सर्जरी, न्यूरो सर्जरी, हाड जोर्नी, गाइनो, बालरोग, थेरापी, डेन्टल, रेडियोलोजी, प्याथोलोजीलगायत सबै सेवा उपलब्ध हुनेछ । स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरालाई मनन गर्दै स्थापना हुँदै गरेको यो अस्पताललाई पूर्वकै सबैभन्दा भरपर्दो र ठूलो अस्पताल बनाउने आफूहरूको योजना रहेको अर्का सञ्चालक प्रताप कार्कीले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending