काठमाडौं । अब एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’ जारी गर्दै केन्द्रबाट तालिम लिएका चालकले मात्र एम्बुलेन्स चलाउन पाउने जनाएको छ । यसअघि सवारी चालक अनुमतिपत्र लिएका सबैले एम्बुलेन्स चलाउन पाउँदथे । अब सवारी चालक अनुमतिपत्र लिएको पाँच वर्ष अनुभव भएपछि मात्र एम्बुलेन्स चलाउन पाउनेछन् ।
एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ वा ‘ख’ वर्ग हुनुपर्ने र सबै एम्बुलेन्स अनिवार्यरुपमा फोर ब्हील ड्राइभ, पावर स्टेरिङ, सन्पेन्सन चेन सिस्टमको हुनुपर्नेछ । ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ । क र ख वर्गको एम्बुलेन्सका लागि मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट वा नर्स अनिवार्यरुपमा राख्नुपर्ने र ती स्वास्थ्यकर्मीले अनिवार्यरुपमा तोकिएको तालिम लिएको हुनुपर्ने उल्लेख छ ।
यस्तै हरेक एम्बुलेन्समा जिपिएस अनिवार्य जडान गर्नुपर्नेछ । सबै एम्बुलेन्स अनिवार्यरुपमा एउटै नम्बरबाट तथा एप्लिकेशनबाट सर्वसाधारणले सेवा पाउने सक्नेगरी प्रेषण केन्द्रमा आबद्ध हुनुपर्ने छ ।
यस्तै एम्बुलेन्स चालक र एम्बुलेन्समा रहने स्वास्थ्यकर्मीले आकस्मिक चिकित्सकीय प्राविधिकले गाढा गुलाबी रङ्गको ज्याकेट र गाढा निलो पाइन्ट लगाउनुपर्ने हुन्छ । यस्तै राष्ट्रिय प्रेषण केन्द्र र प्रादेशिक प्रेषण केन्द्र रहने छन् । ती केन्द्रले एम्बुलेन्समा आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुका साथै एम्बुलेन्स घटनास्थलमा नपुगुञ्जेलसम्म बिरामी वा घाइतेलाई आकस्मिक प्राथमिक उपचारका लागि सहजीकरण र मार्ग दर्शन गर्ने निर्देशिकामा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: