Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

प्रधानसेनापति थापाको बिदाइ

रासस

काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्मानमा आज बिदाइ कार्यक्रम आयोजना गरियो । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले महारथीको तीनवर्षे कार्यकाल पूरा गरी अवकाश हुन लाग्नुभएका थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेको हो ।

बलियो कमाण्ड क्षमता र प्रखर वक्ताकारूपमा परिचित प्रधानसेनापति थापा ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी यही भदौ २४ गतेदेखि अवकाश प्राप्त गर्दै छन् । समारोहमा प्रधानसेनापति थापाले कायममुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेना र प्रधानसेनापतिको  झण्डा एवं छडी हस्तान्तरण गरे ।
  
नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सवल, सक्षम र सुदृढ सङ्गठनकारूपमा विकास गर्दै लैजाने सन्दर्भमा उहाँको दीर्घकालीन सोच, कार्ययोजना र दृढता केही हदसम्म सफल भएको छ ।
 
निष्ठा, नैतिकता र सदाचारको बलियो जगमा सङ्गठनलाई उभ्याउन सामूहिक प्रयास र योगदान हुनुपर्छ भन्नेमा दृढ महारथी थापाले वैयक्तिक सुख–सुविधा, स्वास्थ्य र सुरक्षालाई बिर्सेर सीमानाका, प्रवेश बिन्दु र कोरोना नियन्त्रण प्रतिकार्यका विभिन्न मोर्चामा रही परिणाम देखिने गरी कार्य गर्न सकलदर्जालाई पटकपटक निर्देशन दिए ।

रणनीतिक तथा दीर्घकालीन कार्ययोजना कार्यान्वयन अब्बल नतिजा हासिल गर्न सफल प्रधानसेनापति थापाकै नेतृत्वमा तीन जोड एक सैनिक कमाण्ड कार्यान्वयनमा गइसकेको छ । बिदाइ समारोहमा प्रधानसेनापति थापाले सङ्गठनभित्र अघि सारेको मार्गचित्रका कारण सामूहिक भावना र प्रयास अघि बढेको बताए ।
उनले भने, ‘प्रतिरक्षा ऐन, सैनिक ऐनको मस्यौदा, अप्रेशन कमाण्ड, १६ वर्ष सेवापछि पेन्सन व्यवस्था, दूू्रतमार्ग निर्माणजस्ता कार्यमा मेरो कार्यकालमा महत्वपूूर्ण काम भएका छन् । रक्षामन्त्रालयका सचिव वेगेन्द्रराज पौडेलले गौरवमय इतिहास र परम्परा बोकेको नेपाली जनताको अगाधआस्था र विश्वासको केन्द्र बिन्दुका रूपमा रहेको सेनाको ४३औँ प्रधानसेनापति थापाले संगठनको गौरव र शिर उचो बनाउन सफल भएको बताए। 
 
बिदाइ समारोहमा कामु प्रधानसेनापति शर्माले अग्रजले थालनी गरेका असल र महत्वपूर्ण कार्यलाइ उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘वचनअनुसारको कार्य गर्दै समय सीमाको कसीमा खरो उत्रिएर महारथी थापाले पद्धति र प्रणालीमार्फत सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान पुुर्‍याउनुुभएको छ ।’ तालिमलाई प्राथमिकतामा राखेर सङ्गठनलाई सामूहिक प्रयास र पारदर्शीका आधारमा अघि बढाइने छ ।
 
बिदाइ समारोहमा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिका साथै सुरक्षा फौजका उच्चपदस्थ अधिकारी सहभागी थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE