काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्मानमा आज बिदाइ कार्यक्रम आयोजना गरियो । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले महारथीको तीनवर्षे कार्यकाल पूरा गरी अवकाश हुन लाग्नुभएका थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेको हो ।
बलियो कमाण्ड क्षमता र प्रखर वक्ताकारूपमा परिचित प्रधानसेनापति थापा ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी यही भदौ २४ गतेदेखि अवकाश प्राप्त गर्दै छन् । समारोहमा प्रधानसेनापति थापाले कायममुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेना र प्रधानसेनापतिको झण्डा एवं छडी हस्तान्तरण गरे ।
नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सवल, सक्षम र सुदृढ सङ्गठनकारूपमा विकास गर्दै लैजाने सन्दर्भमा उहाँको दीर्घकालीन सोच, कार्ययोजना र दृढता केही हदसम्म सफल भएको छ ।
निष्ठा, नैतिकता र सदाचारको बलियो जगमा सङ्गठनलाई उभ्याउन सामूहिक प्रयास र योगदान हुनुपर्छ भन्नेमा दृढ महारथी थापाले वैयक्तिक सुख–सुविधा, स्वास्थ्य र सुरक्षालाई बिर्सेर सीमानाका, प्रवेश बिन्दु र कोरोना नियन्त्रण प्रतिकार्यका विभिन्न मोर्चामा रही परिणाम देखिने गरी कार्य गर्न सकलदर्जालाई पटकपटक निर्देशन दिए ।
रणनीतिक तथा दीर्घकालीन कार्ययोजना कार्यान्वयन अब्बल नतिजा हासिल गर्न सफल प्रधानसेनापति थापाकै नेतृत्वमा तीन जोड एक सैनिक कमाण्ड कार्यान्वयनमा गइसकेको छ । बिदाइ समारोहमा प्रधानसेनापति थापाले सङ्गठनभित्र अघि सारेको मार्गचित्रका कारण सामूहिक भावना र प्रयास अघि बढेको बताए ।
उनले भने, ‘प्रतिरक्षा ऐन, सैनिक ऐनको मस्यौदा, अप्रेशन कमाण्ड, १६ वर्ष सेवापछि पेन्सन व्यवस्था, दूू्रतमार्ग निर्माणजस्ता कार्यमा मेरो कार्यकालमा महत्वपूूर्ण काम भएका छन् । रक्षामन्त्रालयका सचिव वेगेन्द्रराज पौडेलले गौरवमय इतिहास र परम्परा बोकेको नेपाली जनताको अगाधआस्था र विश्वासको केन्द्र बिन्दुका रूपमा रहेको सेनाको ४३औँ प्रधानसेनापति थापाले संगठनको गौरव र शिर उचो बनाउन सफल भएको बताए।
बिदाइ समारोहमा कामु प्रधानसेनापति शर्माले अग्रजले थालनी गरेका असल र महत्वपूर्ण कार्यलाइ उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘वचनअनुसारको कार्य गर्दै समय सीमाको कसीमा खरो उत्रिएर महारथी थापाले पद्धति र प्रणालीमार्फत सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान पुुर्याउनुुभएको छ ।’ तालिमलाई प्राथमिकतामा राखेर सङ्गठनलाई सामूहिक प्रयास र पारदर्शीका आधारमा अघि बढाइने छ ।
बिदाइ समारोहमा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिका साथै सुरक्षा फौजका उच्चपदस्थ अधिकारी सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...
पौष ३ गते, २०८२ - ०७:००
बाँके । धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम ...
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने




प्रतिकृया लेख्नुहोस्: