Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

अर्थ समितिमा बहस : नियामक निकायको प्रमुखले शेयरमा लगानी गर्न पाउँछ कि पाउँदैन ?

खबरडबली संवाददाता

काठमाडौं । बजारको नियामक निकायमा बस्ने पदाधिकारी नै अनाधिकृत शेयर कारोबारमा जोडिएको विषय सार्वजनिक भएपछि प्रतिनिसभाको अर्थ समितिले चासो देखायो । नेपाल धितोपत्र बोर्ड नेपालको शेयर बजारको नियामक निकायको रूपमा स्थापित छ । बोर्डले समग्र शेयर बजारमा कानून कार्यान्वयन गराउने काम गर्छ । तर बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरी रेविकाको नाममा साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर खरिद गरेको विषय सार्वजनिक भयो । 

अर्थ मन्त्रालयले गत साउन १३ गते तीन दिनभित्र स्पष्टिकरण पेश गर्न बोर्डलाई निर्देशन दियो । सोही दिन नेपाल स्टक एक्सचेञ्जलाई पनि एउटै व्यहोराको पत्र पठाइ स्पष्टिकरण दिन निर्देशन गरेको थियो ।  सामान्यत: नियामक निकायमा रहने व्यक्तिको एकाघरका सदस्यले शेयर खरिद गर्न पाउँदैनन् । स्वार्थ जोडिन्छ भनेर धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धितोपत्रको भित्री कारोबारका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गरिएको छ । 

अर्थ समितिको आजको बैठकमा सांसदले कानून कार्यान्वयन गराउने निकायका व्यक्तिले अनाधिकृत रूपमा शेयर खरिद गर्ने विषय कसरी कानून सम्वत् भयो भन्ने जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासा थियो, ‘हावा नचली पात हल्लिन्छ र ? कानूनको छिद्र खोजेर सञ्चारमाध्यमले गत समाचार लेखे भन्न पाइन्छ र ?’
 
बोर्डका पदाधिकारीले धितोपत्र बजारसम्बन्धी विद्यमान कानूनी व्यवस्था र बोर्डका पदाधिकारीको आचारसंहिताले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणलाई पुष्टि गर्न नसक्ने दाबी गरेपछि समिति सभापति कृष्णप्रसाद दाहाल र सांसद रामकुमारी झाँक्री र प्रमिला राईले एकै स्वरमा सोधे, ‘यस्तो गम्भीर विषयमा टालटुले जवाफ दिने र समाचारमा आएका विषय गलत हुन भनेर पञ्छन मिल्छ ?’

बोर्डका अध्यक्ष ढुङ्गानाले आफू जोडिएको विषयमा नबोल्ने भन्दै आफ्नो धारणा उपकार्यकारी निर्देशक डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले राख्ने बताए । उपकार्यकारी निर्देशक श्रेष्ठले पटकपटक सञ्चारमाध्यमले सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण समाचार लेखको र सोही आधारमा अर्थ समितिले वास्तविकता नबुझी स्पष्टिकरण मागेको धारणा राखे । उनले भने, ‘समाचार लेखेकै आधारमा समितिले बोर्डका पदाधिकारीमाथि आक्षेप लगाउन  हुँदैन । अनुसन्धानबाट पुष्टि हुन्छ भने हामी कारवाही भोग्न तयार छौँ । के के कागजात चाहिने हो भन्नुस्, हामी समितिलाई उपलब्ध गराउँछौँ ।’

उपकार्यकारी श्रेष्ठले मर्यादा विपरीत प्रस्तुत भएको भन्दै सांसदद्वय भाँक्री र राईले आपत्ति जनाए । सांसद राईले, ‘जनप्रतिनिधले प्रश्न गर्न नपाउने हो ? संसदीय समितिको मर्यादमा आँच पुग्ने गरी जवाफ दिन मिल्छ’, भन्दै प्रतिप्रश्न गरे । सांसदले अनेकन कोणबाट प्रश्न गरेपछि बोर्ड अध्यक्ष ढुङ्गानाले भने, ‘मेरा छोरी ज्वाई अमेरिका बस्न थालेको पाँच वर्षभन्दा बढी समय भयो । उनीहरूले कता लगानी गर्छन् त्यो मसँग जोडिने विषय होइन ।’ धितोपत्र बजारसम्बन्धी ऐन, कानून र आचारसंहिता यो यो विषयमा प्रष्ट पारेको र आफ्नो कुने कसूर नभएको उहाँको भनाइ थियो । 

धितोपत बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ को नियम २ झ मा परिवार भन्नाले कर्मचारीसँग बस्ने तथा निज आफैँले पालनपोषण गर्नुपर्ने पति, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु आमा वा सौतेनी आमा सम्झनुपर्ने उल्लेख गरेको छ । 

सो शब्दले पुरुष कर्मचारीको हकमा निजको बाबुतर्फको बाजे, बज्यै तथा महिला कर्मचारीको हकमा सासु, ससुरालाई जनाउँछ । सो व्यवस्थाले विवाहित छोरीलाई परिवारभित्र समावेश नगरेको हुँदा निजले गर्ने कुनै पनि निर्णयमा बाबुको हक तथा नियन्त्रण नहुने हुँदा शेयर खरिद बिक्रीमा निज विवाहित छोरीको निजी निर्णय लिने हक रहने र स्वतन्त्र रुपले कार्य गर्न सक्ने देखिन्छ । 

 ‘म बोर्ड अध्यक्ष भइसकेपछि अहिलेसम्म ऐन कानूनले परिवारको यी सदस्यले गर्न मिल्दैन भनेको छ । त्यो मान्न म तयार छु”, अध्यक्ष ढुङ्गानाले भने, ‘मेरो विवाहित छोरा, छोरी ज्वाईलाई पनि राख्ने हो, सासू ससुरालाई राख्ने हो कि अथवा मेरो नाती पनातीसम्म राख्ने । कुन लेभलसम्म जाने भन्ने कुरा ऐन कानून चाहिन्छ भने बनाऔँ ।’

उनले आफ्नो छोरी भएकोे नाताले कुरो उठेको भएकाले यो विषय बढी चर्चामा आएको बताए । उनले कानूनअनुसार उनको घर परिवारले प्राथमिक, दोस्रो, ओटीसी बजारमा किन बेच गर्न पाउने जिकिर गर्नुभयो । उनले भने, ‘यो कानूनले दिएको अधिकार हो । यो उनीहरूको सम्पत्ति किनबेच गर्ने संवैधानिक अधिकार पनि हो । यो कारोबार म आफैँले गरेको होइन । बोर्डका पदाधिकारीका कुरा सुनेपछि अर्थ समितिले शेयर खरिद बिक्रीका सन्दर्भमा थप जानकारी लिन नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि बोलाउने निर्णय गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending