Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अर्थ समितिमा बहस : नियामक निकायको प्रमुखले शेयरमा लगानी गर्न पाउँछ कि पाउँदैन ?

खबरडबली संवाददाता

काठमाडौं । बजारको नियामक निकायमा बस्ने पदाधिकारी नै अनाधिकृत शेयर कारोबारमा जोडिएको विषय सार्वजनिक भएपछि प्रतिनिसभाको अर्थ समितिले चासो देखायो । नेपाल धितोपत्र बोर्ड नेपालको शेयर बजारको नियामक निकायको रूपमा स्थापित छ । बोर्डले समग्र शेयर बजारमा कानून कार्यान्वयन गराउने काम गर्छ । तर बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरी रेविकाको नाममा साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर खरिद गरेको विषय सार्वजनिक भयो । 

अर्थ मन्त्रालयले गत साउन १३ गते तीन दिनभित्र स्पष्टिकरण पेश गर्न बोर्डलाई निर्देशन दियो । सोही दिन नेपाल स्टक एक्सचेञ्जलाई पनि एउटै व्यहोराको पत्र पठाइ स्पष्टिकरण दिन निर्देशन गरेको थियो ।  सामान्यत: नियामक निकायमा रहने व्यक्तिको एकाघरका सदस्यले शेयर खरिद गर्न पाउँदैनन् । स्वार्थ जोडिन्छ भनेर धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धितोपत्रको भित्री कारोबारका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गरिएको छ । 

अर्थ समितिको आजको बैठकमा सांसदले कानून कार्यान्वयन गराउने निकायका व्यक्तिले अनाधिकृत रूपमा शेयर खरिद गर्ने विषय कसरी कानून सम्वत् भयो भन्ने जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासा थियो, ‘हावा नचली पात हल्लिन्छ र ? कानूनको छिद्र खोजेर सञ्चारमाध्यमले गत समाचार लेखे भन्न पाइन्छ र ?’
 
बोर्डका पदाधिकारीले धितोपत्र बजारसम्बन्धी विद्यमान कानूनी व्यवस्था र बोर्डका पदाधिकारीको आचारसंहिताले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणलाई पुष्टि गर्न नसक्ने दाबी गरेपछि समिति सभापति कृष्णप्रसाद दाहाल र सांसद रामकुमारी झाँक्री र प्रमिला राईले एकै स्वरमा सोधे, ‘यस्तो गम्भीर विषयमा टालटुले जवाफ दिने र समाचारमा आएका विषय गलत हुन भनेर पञ्छन मिल्छ ?’

बोर्डका अध्यक्ष ढुङ्गानाले आफू जोडिएको विषयमा नबोल्ने भन्दै आफ्नो धारणा उपकार्यकारी निर्देशक डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले राख्ने बताए । उपकार्यकारी निर्देशक श्रेष्ठले पटकपटक सञ्चारमाध्यमले सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण समाचार लेखको र सोही आधारमा अर्थ समितिले वास्तविकता नबुझी स्पष्टिकरण मागेको धारणा राखे । उनले भने, ‘समाचार लेखेकै आधारमा समितिले बोर्डका पदाधिकारीमाथि आक्षेप लगाउन  हुँदैन । अनुसन्धानबाट पुष्टि हुन्छ भने हामी कारवाही भोग्न तयार छौँ । के के कागजात चाहिने हो भन्नुस्, हामी समितिलाई उपलब्ध गराउँछौँ ।’

उपकार्यकारी श्रेष्ठले मर्यादा विपरीत प्रस्तुत भएको भन्दै सांसदद्वय भाँक्री र राईले आपत्ति जनाए । सांसद राईले, ‘जनप्रतिनिधले प्रश्न गर्न नपाउने हो ? संसदीय समितिको मर्यादमा आँच पुग्ने गरी जवाफ दिन मिल्छ’, भन्दै प्रतिप्रश्न गरे । सांसदले अनेकन कोणबाट प्रश्न गरेपछि बोर्ड अध्यक्ष ढुङ्गानाले भने, ‘मेरा छोरी ज्वाई अमेरिका बस्न थालेको पाँच वर्षभन्दा बढी समय भयो । उनीहरूले कता लगानी गर्छन् त्यो मसँग जोडिने विषय होइन ।’ धितोपत्र बजारसम्बन्धी ऐन, कानून र आचारसंहिता यो यो विषयमा प्रष्ट पारेको र आफ्नो कुने कसूर नभएको उहाँको भनाइ थियो । 

धितोपत बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ को नियम २ झ मा परिवार भन्नाले कर्मचारीसँग बस्ने तथा निज आफैँले पालनपोषण गर्नुपर्ने पति, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु आमा वा सौतेनी आमा सम्झनुपर्ने उल्लेख गरेको छ । 

सो शब्दले पुरुष कर्मचारीको हकमा निजको बाबुतर्फको बाजे, बज्यै तथा महिला कर्मचारीको हकमा सासु, ससुरालाई जनाउँछ । सो व्यवस्थाले विवाहित छोरीलाई परिवारभित्र समावेश नगरेको हुँदा निजले गर्ने कुनै पनि निर्णयमा बाबुको हक तथा नियन्त्रण नहुने हुँदा शेयर खरिद बिक्रीमा निज विवाहित छोरीको निजी निर्णय लिने हक रहने र स्वतन्त्र रुपले कार्य गर्न सक्ने देखिन्छ । 

 ‘म बोर्ड अध्यक्ष भइसकेपछि अहिलेसम्म ऐन कानूनले परिवारको यी सदस्यले गर्न मिल्दैन भनेको छ । त्यो मान्न म तयार छु”, अध्यक्ष ढुङ्गानाले भने, ‘मेरो विवाहित छोरा, छोरी ज्वाईलाई पनि राख्ने हो, सासू ससुरालाई राख्ने हो कि अथवा मेरो नाती पनातीसम्म राख्ने । कुन लेभलसम्म जाने भन्ने कुरा ऐन कानून चाहिन्छ भने बनाऔँ ।’

उनले आफ्नो छोरी भएकोे नाताले कुरो उठेको भएकाले यो विषय बढी चर्चामा आएको बताए । उनले कानूनअनुसार उनको घर परिवारले प्राथमिक, दोस्रो, ओटीसी बजारमा किन बेच गर्न पाउने जिकिर गर्नुभयो । उनले भने, ‘यो कानूनले दिएको अधिकार हो । यो उनीहरूको सम्पत्ति किनबेच गर्ने संवैधानिक अधिकार पनि हो । यो कारोबार म आफैँले गरेको होइन । बोर्डका पदाधिकारीका कुरा सुनेपछि अर्थ समितिले शेयर खरिद बिक्रीका सन्दर्भमा थप जानकारी लिन नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि बोलाउने निर्णय गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

बिकेन कागती दाना, विकल्पमा रस र चुक बनाउँदै

स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएक...

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending