कास्की । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले महामारीका रूपमा फैलिएएको कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताका कन्सन्ट्रेटर स्वास्थ्यचौकीलाई सहयोग गरेको हो ।
एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टीका)को विशेष पहलमा माछापुच्छ«े गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सन्ट्रटेर सोमबार सार्दिखोला स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरेर कोरोनाका बिरामीको प्राथमिक उपचार हुँदै आएको छ ।
स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले आइसोलेशनमा भर्ना भएका ३० मध्ये छ जनालाई पोखरा सिफारिस गरिएको र बाँकी निको भएर घर फर्किएको बताए । उनका अनुसार आइसोलेशनमा दुई सङ्क्रमित महिलाको सुरक्षित प्रसूति गराइएको थियो । सो वडामा हालसम्म २०२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताइन्छ ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै समाजसेवी नन्दकुमारी गुरुङले कोरोनाको अहिलेको महामारी नियन्त्रणमा आफ्नो तर्फबाट केही सहयोग पुगोस् भनेर एनआरएनएका अध्यक्ष गुरुङले आफ्नो जन्म ठाउँका लागि सो सहयोग सामग्री पठाएको जानकारी दिए । एनआरएनए हङकङले यसअघि सेती बाढीलगायतका विपत्तिमा समेत सक्दो सहयोग गर्दै आएको उनले बताए ।
गाउँपालिका अध्यक्ष कर्ण गुरुङले मानवको विकासक्रम र अस्तित्वमाथि चुनौती बनेर आएको कोरोना भाइरससँग जुध्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । एनआरएनए हङकङ र यसका अध्यक्ष गुरुङको पहलमा आफ्नो गाउँपालिकालाई प्राप्त अक्सिजन कन्सनट्रेरबाट बिरामीको सहज उपचारमा सहयोग पुग्ने अध्यक्ष गुरुङको भनाइ थियो ।
एनआएरएनले केही दिनअघि देशका सातै प्रदेशमा गरी ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएकामा गण्डकी प्रदेशमा १५ थान रहेको छ । गण्डकी प्रदेशमा सार्दिखोला स्वास्थ्यचौकीसहित तनहुँको भीमाद प्राथमिक स्वास्थ्य केन्द्र तथा कोभिड आइसोलेशन केन्द्रलाई दुई थान र म्याग्दीको बेनी जिल्ला अस्पतालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरिएको छ ।
सालिजा स्वास्थ्यचौकी पर्वतलाई एक थान, बुर्तिबाङ स्वास्थ्यचौकीलाई दुई थान, लमजुङ जिल्ला अस्पतालाई दुई थान र लमजुङकै उत्तरकन्या स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर एनआरएनएबाट सहयोगस्वरुप प्राप्त भएको प्रदेश खेलकुद परिषद्का सदस्य शुभकन्या गुरुङले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: